Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

नगर स्तरीय राहत वितरण कार्यक्रम सम्पन्न, १६ दिने अभियान मनाई रहदा यता आजकै दिन भने १ महिला लैङ्गिक हिंसाकै समस्यामा ।।

शारदा के.सी

समानताको पुस्ता बलातकार विरुद्धको एक्यबद्धता भन्ने मुल नारा सहित ११० औ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत हिंसा प्रभावित महिला तथा बालबालिकालाई नगर स्तरीय राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । साथी आश्रय गृहको आयोजनामा कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम संचालन भएको थियो । नगरपालिकाको सहयोगमा साथी आश्रममा रहेका ८ महिला र १ बच्चलाई जाडो मौषमको कपडा साथी आश्रयका अध्यक्ष बिमला पौडेर नगर उपप्रमुख लक्ष्मि गुप्ता द्धारा वितरण गरिएको थियो । कार्यक्रममाथि प्रकास पार्दै साथी आश्रयकी संयोजक बिमला पौडेलले यो संस्थामा ४ जना क्रमचारी रहेको र तिनलाई तलब संगै आश्रयमा रहेका ९ जना महिला तथा बालबालिकाको लालनपालनमा समस्या भएको बताउनु भयो । संयोजक पौडेलका अनुसार यो आश्रयमा घरेलु हिंसा,लैङ्गिक हिंसा,हाडनाता करणी जस्ता समस्या भएका महिलाहरु रहेका छन । कार्यक्रम बोल्दै कपिलवस्तु नगरपालिका नगर प्रमुम किरण शिंहले आफुले गरेका क्रियाकलाप अरुलाई बुझाउन नसक्दा पनि अनुदानको कमि भएको बताउनु भएको छ । कपिलवस्तु नगरपालिकाले बिगतका दिनमा पनि सहयोग गरिरहेको र अभको दिनमा पनि गर्दै जाने प्रतिबदता जनाउनु भयो । हाल आश्रयमा महिला ३, बालबालिका ३, किशोरी २, किशोरी आमा १ गरि जम्मा ९ जना रहेका छन । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण शिंहको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा विशिष्ट अतिथि कपिलवस्तु नगरपालिका उप प्रमुख लक्ष्मि गुप्ता रहनु भएके थियो । अतिथिहरुका कपिलवस्तु नगरपालिका वाड न. १ का वडाध्यक्ष सुदिप पौडेल, वाड न. २ का वडाध्यक्ष रामभजन कलवार,वाड न.३ का वडाध्यक्ष तथा कपिलवस्तु नगरपालिका सामाजिक बिकास संयोजक प्रकास गैरे,कपिलवस्तु नगरपालिका सामाजिक विकास अधिकृत पदम श्रेष्ठ, कपिलवस्तु नगरपालिका सामाजिक सलाहाकार सुरेन्द्र राज लम्साल,नेपाल बाल संगठनका संयोजक राजु अर्याल लगायत रहनु भएके थियो । रेडियो परिवर्तनका कार्यक्रम प्रमुख शारदा के.सी.को स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन कपिलवस्तु जिल्ला युवा संजालका पुर्व अध्यक्ष राजु पाण्डेयले गर्नु भएको थियो । हामी १६ दिने अभियान मनाई रहदा यता आजकै दिन भने १ महिला बनगाईको जिनुवामा आफ्नो घर बताउने अन्दाजी ५५ बर्षिय महिलालाई प्रहरीले साथी आश्रयलाई बुझाएको छ । साथी आश्रयका संयोजक बिमला पौडेलका अनुसार छोरा बुहारी रहेको बताए पनि उहा राम्रो संग बोल्न नसक्दा हाम्रीलाई उहाको सबै पहिचान खुलाउन गारो परेको बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP