खोटाङको रावाबेंशी गाउँपालिकाको गाडीमा आगजनी

सुबास दर्नाल – खाेटाङकाे रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निराैलाले प्रयोग गर्दै आएको गाडीमा आगजनी भएको छ । 

गाउँपालिका प्रमुख निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा राखिएको बा २ झ ३५२४ नम्बरको गाडीमा आइतबार राति आगलागी भएको हो । आगलागीका कारण गाडी जलेर पूर्णरुपमा क्षतिग्रस्त भएकोे छ ।

‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो’, उहाँले भन्नुभयो, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।’ करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो । 

कुभिण्डेको हरमटार र ऐंसेलुखर्कबाट गएकोे प्रहरीे टोलीले राती साढे १ बजे आगो नियन्त्रणमा लिएको गाउँपालिका प्रमुख निरौलाले बताउनुभयो । 

खोटाङका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक वामदेव गौतम आफै घटना स्थल पुगेर अनुसान्धान सुरु गरेको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्षले प्रयोग गर्दै आएका गाडी ३८ लाखमा खरीद गरिएको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP