Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

साग समापन समाराेहमा प्रधानमन्त्रीकाे विशेष सम्बाेधन

काठमाण्डाै – १३औं दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक समापन मंगलबार हुँदैछ । डिसेम्बर १ तारिखदेखि औपचारिक रुपमा काठमाण्डौ, पोखरा र जनकपुरमा आयोजना भएको सागमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान र बंगलादेशले सहभागिता जनाए ।

प्रतियोगितामा १९८४ देखि सुरु भएको सागकै इतिहासमा सर्वाधिक २६ खेलका २८ इभेन्ट समावेश गरिए । उद्घाटन जस्तै समापन समारोह पनि भव्य गर्ने तयारी राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । मंगलबार हुने समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्नु हुनेछ ।

अस्वस्थताका कारण उद्घाटन समारोहमा उपस्थित हुन नसक्नु भएका प्रधानमन्त्री स्वस्थ भएर सरकारी निवास फर्किसक्नु भएकाे छ । तर उहाँ रंगशालामा भने उपस्थित नहुने राखेपले जनाएकाे छ । उहाँले ‘भिडियो कन्फ्रेन्स’ मार्फत सम्बोधन गर्ने राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिनुभयाे ।

सोमबार साँझ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पत्रकार सम्मेलन गर्दै स्वास्थ्यको कारण समापन कार्यक्रम उपस्थित हुन नसक्नु भएका प्रधानमन्त्रीले खेलाडीहरुलाई समेटेर बुधबार विशेष सम्बोधन गर्नु हुने बताउनु भएको हो । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा पदक विजेता खेलाडीहरुलाई प्रोत्साहन प्याकेजको घोषणासमेत गर्नुहुने सदस्य सचिव सिलवालले जानकारी दिनुभयो ।

समापन समारोहलाई सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका साथै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव सिलवालले पनि सम्बोधन गर्ने छन् ।

समापन समाराेहमा १४औं सागको आयोजना गर्नका लागि पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिने छ । १४औं साग पाकिस्तान गर्ने निर्णय भइसकेको छ । पाकिस्तानले २ वर्षभित्र प्रतियोगिता आयोजना गर्ने गरी झण्डा लिन लागेको हो ।

उद्घाटनमा जसरी नै समापन समाराेहमा पनि झण्डासहित मार्चपास हुने छ । मार्चपासपछि आतिसबाजीसहित प्रतियोगिता सम्पन्न हुने छ ।

समापनका अवसरमा मंगलबार पुरुष फुटबलको स्वर्ण पदकका लागि भिडन्त हुने छ । दिउँसो ३ बजे नेपाल र भुटानले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छ । फुटबल सकिएपछि समापनको समारोह सुरु हुने छ ।

यसैगरी मध्यान्ह १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि गर्ने तयारी गरिएको छ ।

समापनका दिन कार्यक्रम स्थलका प्यारापिटलाई विभिन्न श्रेणीमा वर्गीकरण गरी व्यवस्थित गरिनेछ । त्यहाँ भीभीआईपी, भीआईपी, पत्रकार, पदक विजेता खेलाडी, विदेशी, कर्मचारीलगायतलाई भिन्दाभिन्दै क्षेत्र बनाएर बस्ने व्यवस्था हुनेछ ।

समापनकै दिन फुटबल प्रतियोगिताको फाइनल भएकाले फुटबल हेर्नका लागि दुई हजार र एक हजार रुपैयाँ दरका टिकटको व्यवस्था गरिएको छ । तिनै टिकटले समापन समारोहमा पनि सहभागी हुन सकिनेछ । उत्तरतर्फ १२ हजार जना अट्ने प्यारापिटका लागि ८ हजार टिकट मात्र बिक्री गरिएको छ । ती टिकटहरु बिक्री भैसकेका छन् ।

समापनका दिन सुरक्षा र पासमा पनि कडाइ गरिनेछ । अत्यावश्यक बाहेक यसदिन पास निकै कम प्रयोग हुनेछन् । सञ्चारकर्मीहरुले यसअघि प्रयोग गरिरहेका खेल प्रवेश परिचपयपत्रसँगै आ-आफ्ना सञ्चारमाध्ययमका परिचय पत्र पनि बोक्नुपर्ने व्यवस्था गरिएको छ । सम्बन्धित व्यक्तिलाई तोकिएको सिटमा अरु कोही बस्न पाउने छैन ।

समापनको संघारमा आइपुग्दा नेपाल ऐतिहासिक ४९ स्वर्ण पदकसहित तालिकाको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP