Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

पूर्व प्रधानन्यायाधीश कार्कीको उपन्यास ‘कारा’ सार्वजनिक

काठमाण्डौ – नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको अर्को परिचय पनि छ, साहित्यकारको । उहाँले लेखेको पहिलो उपन्यास ‘कारा’ यसै साताबाट बजारमा आएको छ ।

कारा भनेको के हो ? उपन्यासकार कार्कीका शब्दमा, ‘कारा एउटा बन्धनको कथा हो । महिला कैदीहरुले भोगेको भौतिक कारागारको मात्र बन्धन होइन, समाजले उनीहरुलाई लगाउने गरेका अनेक बन्धनहरुको कथा यसले बताउँछ ।’

निरकुंश शासन व्यवस्थाविरुद्ध जनआन्दोलन सुरु भएको समयको सेरोफेरोको कथा बोल्ने यो उपन्यास जेलभित्रको बेग्लै निरकुंशताको कथा पनि हो । बेकसुरदारलाई कसुरदार बनाउने र कसुरदारलाई अझै असुर बनाउने व्यवस्थामा केही निरीह महिलाहरुले भोगेको लामो प्रताडना र यातनाको गाथा हो ‘कारा’ ।

‘लोकतान्त्रिक आन्दोलनका क्रममा म आफै जेल बस्दा र ३० वर्ष वकालत गर्दा धेरै सेवाग्राही कैदी र तिनका आफन्तका कथाहरु सुनेँ । देखें । त्यसले पनि मलाई यो उपन्यास लेख्न प्रेरित गरेको हो’, कार्कीले बताउनुभयो ।

पूर्व प्रधानन्यायाधीश कार्कीले न्यायिक जिम्मेवारीमा छ“दा देखे–भोगेका महिलाहरुका पीडा पनि उनको उपन्यासमा प्रतिविम्बित भएको पाइन्छ । अघिल्लो वर्ष प्रकाशित कार्कीको ‘न्याय’ नामको आत्मकथा धेरै पढिएका कृतिहरुमध्येमा पर्दछ ।

‘कारा’ किताब पब्लिसर्सले प्रकाशन गरेको नया“ पुस्तक हो । यसले पाठकहरुलाई फरक स्वाद दिने आफूहरुको अपेक्ष भएको किताब पब्लिसर्सकी प्रमुख कार्यकारी अधिकृत कल्पना ढकालले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP