Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

पूर्व प्रधानन्यायाधीश कार्कीको उपन्यास ‘कारा’ सार्वजनिक

काठमाण्डौ – नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको अर्को परिचय पनि छ, साहित्यकारको । उहाँले लेखेको पहिलो उपन्यास ‘कारा’ यसै साताबाट बजारमा आएको छ ।

कारा भनेको के हो ? उपन्यासकार कार्कीका शब्दमा, ‘कारा एउटा बन्धनको कथा हो । महिला कैदीहरुले भोगेको भौतिक कारागारको मात्र बन्धन होइन, समाजले उनीहरुलाई लगाउने गरेका अनेक बन्धनहरुको कथा यसले बताउँछ ।’

निरकुंश शासन व्यवस्थाविरुद्ध जनआन्दोलन सुरु भएको समयको सेरोफेरोको कथा बोल्ने यो उपन्यास जेलभित्रको बेग्लै निरकुंशताको कथा पनि हो । बेकसुरदारलाई कसुरदार बनाउने र कसुरदारलाई अझै असुर बनाउने व्यवस्थामा केही निरीह महिलाहरुले भोगेको लामो प्रताडना र यातनाको गाथा हो ‘कारा’ ।

‘लोकतान्त्रिक आन्दोलनका क्रममा म आफै जेल बस्दा र ३० वर्ष वकालत गर्दा धेरै सेवाग्राही कैदी र तिनका आफन्तका कथाहरु सुनेँ । देखें । त्यसले पनि मलाई यो उपन्यास लेख्न प्रेरित गरेको हो’, कार्कीले बताउनुभयो ।

पूर्व प्रधानन्यायाधीश कार्कीले न्यायिक जिम्मेवारीमा छ“दा देखे–भोगेका महिलाहरुका पीडा पनि उनको उपन्यासमा प्रतिविम्बित भएको पाइन्छ । अघिल्लो वर्ष प्रकाशित कार्कीको ‘न्याय’ नामको आत्मकथा धेरै पढिएका कृतिहरुमध्येमा पर्दछ ।

‘कारा’ किताब पब्लिसर्सले प्रकाशन गरेको नया“ पुस्तक हो । यसले पाठकहरुलाई फरक स्वाद दिने आफूहरुको अपेक्ष भएको किताब पब्लिसर्सकी प्रमुख कार्यकारी अधिकृत कल्पना ढकालले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP