Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

विजयनगरको विशवा खोलामा पुल बन्ने

कपिलवस्तु ,कार्तिक ८
कपिलवस्तुको विजयनगर गाउँपालिकाकोे विशवा खोलामा पुलको बन्ने भएको छ । गाउँपालिकाको दुर्गम गाउँ जोड्ने खोला पुल बन्ने भए पछि स्थानिय खुसी भएका छन । गाउँपालिकाको वडा नं. १ मा पर्ने नेवलगञ्ज विशवा खोलामा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बुधवार पुलको शिलन्यास गर्नुभएको हो । गाउँपालिकाको सुदुर पश्चिममा भौगोलिक बनोटले अति विकट क्षेत्रमा पर्ने विशवा खोलामा पुल अति आवश्यक रहेको भए पनि लामो समय पश्चात पुल निर्माण हुने भएको छ ।

अध्यक्ष थापाले शिलन्यास गर्नु भएको पुल करिब पुल ३ करोड ८४ लाखको लागतमा बन्ने उहाँले बताउनु भयो । पुल बनाउने जिम्मा सेटिक एनबी.जेभी. निमार्ण व्यवसायी बुटवल रुपन्देहीले पाएको र आगामी बर्ष फागुन मसान्त सम्म निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको अध्यक्ष थापाले बताउनु भयो ।

विशवा खोमा पुल बन्न लाग्दा वर्षौँदेखि झेल्दै आएका समस्याबाट मुक्त हुने स्थानीयहरुले बताएका छन् । वर्षायाममा पुल नभएको बेला कपिपयले ज्यानसमेत गुमाउनु परेको र अब उक्त समस्याले अकालमै कसैले पनि ज्यान गुमाउनु नपर्ने स्थानीय कृपाल चौधरीले बताउनुभयो ।
अध्यक्ष थापाल विकट गाउँ र गाउलेको समस्यालाई प्राथमिकतामा राखी पुल निर्माणको कार्य अगाडी बढाएकोमा स्थानियले अध्यक्ष थापालाई धन्यवाद दिएका छन ।

अध्यक्ष थापा कै अगुवाईमा पुल बन्ने भए पछि बर्षौ देखि ‘ आवतजावत गर्न, छोराछोरीलाई विद्यालय पठाउन निकै समस्या थियो, बाढी आउँदा घण्टौसम्म कुरेर बस्नुपर्ने बध्यता अब हट्नेभयो’ स्थानिय नारायण चौधरीले भन्नुभयो । जवाबैराठ, नेवलागञ्ज, गोबरहवा, नौडिहवा, तिलकहवा, मधनगरा लगायत दर्जनौ गाउँका मुख्य बाटो नै विशवा खोला भएकोले खोलामा पुल नहुदाँ यहाँका स्थानियलाई बर्षाको समयमा अवतजावतमा जोखिम माल्नु पर्ने समस्या टर्ने भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP