Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

कक्षामा हाँसेको भन्दै ‘बेहोस हुनेगरी’ शिक्षकले विद्यार्थी कुटे

शिक्षकको कुटाइबाट लिखु गाउँपालिका वडा नम्बर ३ स्थित नर्मदेश्वरमा रहेको भिमसेनस्थान माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने ११ वर्षीया छात्रा पार्वती श्रेष्ठ बेहोस भएकी छन् ।

हल्ला गरेको आरोपमा विद्यालयका शिक्षक दिपक तामाङले ढाडमा कुटेपछि बालिका बेहोस भएको अभिभावकको गुनासो छ । अहिले उपचारपछि बालिकाको अवस्था सामान्य रहेको छ ।

सोमबार विद्यालयमा शिक्षकले विद्यार्थी कुटेपछि बालिका बेहोस हुँदा घटना बाहिरिएको हो । बालिका बेहोस हुनासाथ विद्यालय नजिकै रहेको मेडिकलमा उपचार गरिएको पीडित बालिकाका मामा बोधनारायण श्रेष्ठले बताउनुभयो ।

शिक्षक तामाङले कक्षा सञ्चालन भइरहेको अवस्थामा हल्ला गरेको भन्दै ढाडमा दुई मुक्का हानेको पीडित विद्यार्थी पार्वती श्रेष्ठले बताउनुभयो । कक्षा चलिरहेको समयमा अन्य साथीहरु हाँसेपछि आफू पनि सँगै शिक्षकले कुटेको उहाँको भनाइ छ । शिक्षकको कुटाइपछि आफ्नो छाती दुखेको र आँखा हेर्न समस्या भएको पीडित बालिकाले गुनासो गर्नुभयो ।

आरोपित शिक्षक दिपक तामाङले कक्षा सञ्चालनका समयमा हल्ला गरेपछि आफूले सामान्य सजाय दिएको तर, बेहोस हुनेगरी नकुटेको दाबी गर्नुभएको छ । उहाँले विद्यार्थीलाई  चेतावनीस्वरुप ढाडमा सामान्य कुटे पनि अन्य कारणले बिरामी भएको दाबी गर्नुभयो । छात्रालाई शिक्षकले कुटपिट गरेको आफूले नदेखेको प्रधानाध्यापक भिमप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

शिक्षकले कुटेलगत्तै विद्यार्थी रोएर बेहोस भएकाले विद्यार्थीले नाटक गरेको प्रअ सुवेदीको आरोप छ । अभिभावकले भने विद्यार्थी कुटिएको भन्दै विद्यालयको ध्यानाकर्षण गराएका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP