Trending
अपराध युवकलाई निर्घात कुट्ने प्रहरीका असइ निलम्बनमा, भिडियो भाइरल भएपछि मात्रै कारबाही समाज चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढ्यो समाज वृद्धाको हत्याका अभियुक्त साढे दुई वर्षपछि पक्राउ आर्थिक सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण राजनीति बैंकको ऋण नतिर्न उक्साउनेले अर्थतन्त्र नै स्लो बनाए : गभर्नर अन्तर्राष्ट्रिय घट्दो जनसंख्या चुनौती कि अवसर? राजनीति बैंक सबल र प्रभावकारी हुनुपर्छ : अर्थमन्त्री राजनीति कोशी र कर्णालीको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदै आर्थिक बाँकेका किसानसँग खाद्यले किन्यो ३२ हजार क्विन्टल धान अन्तर्राष्ट्रिय युद्धविरामपछि गाजामा ३ इजरायली बन्धक परिवारसँग पुगे

भारतमा देशव्यापी विरोध प्रदर्शन, दिल्लीमा पहिलोपटक टेलिफोन र इन्टरनेट सेवा बन्द

काठमाडौं ।  भारतमा नागरिकता सम्बन्धी ल्याइएको नयाँ कानूनको विरोधमा बिहिबार देशव्यापी प्रदर्शन भएको छ ।  विरोध प्रदर्शनलाई प्रभावहीन बनाउन दिल्ली प्रशासनले हस्तक्षेप गरे पनि प्रदर्शन झनै चर्कदै गएको छ ।

भारतको राजधानी दिल्लीमा विरोध प्रदर्शनलाई ध्यानमा राख्दै आज लालकिल्ला क्षेत्र र पुर्वोत्तर दिल्लीका केही भागमा निषेधाज्ञा र दिल्लीको मेट्रो रेल स्टेसनमा सर्वसाधारणलाई आउन जान निषेध गरिएको थियो । प्रदर्शनकारीहरुले जन्तर मन्तरमा भेला भएर नारावाजी गर्दै विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा विभिन्न विश्वविद्यालयका विद्यार्थी र विभिन्न दलका समर्थक सहभागी भएका थिए ।  दिल्ली लगायत देशभरि प्रदर्शनकारीहरुले राष्ट्रिय नागरिकता दर्ता (एनआरसी) र नगरिकता संशोधन कानून (सीएबी) को विरोधमा आन्दोलन चर्काउदै गएका छन् ।  

दिल्लीमा भएको प्रदर्शनमा काँग्रेस नेता सन्दीप दीक्षित, स्वराज अभियानका नेता योगेन्द्र यादव र भारतीय कम्युनिष्ट पार्टीका नेता सिताराम यचुरी, डी राजा, निलोत्पाल बसु, ब्रिन्दा कराँतलगायत नेता कार्यकर्ता सहभागी भएका थिए । प्रदर्शन चर्किन थालेपछि दिल्लीका केही भागमा पहिलोपटक टेलिफोन सेवा बन्द गरिएको छ । मोबाइल सेवा, इन्टरनेट सेवा समेत बन्द गरिएको भारतीय मिडियाले बताएका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP