Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

भारतमा देशव्यापी विरोध प्रदर्शन, दिल्लीमा पहिलोपटक टेलिफोन र इन्टरनेट सेवा बन्द

काठमाडौं ।  भारतमा नागरिकता सम्बन्धी ल्याइएको नयाँ कानूनको विरोधमा बिहिबार देशव्यापी प्रदर्शन भएको छ ।  विरोध प्रदर्शनलाई प्रभावहीन बनाउन दिल्ली प्रशासनले हस्तक्षेप गरे पनि प्रदर्शन झनै चर्कदै गएको छ ।

भारतको राजधानी दिल्लीमा विरोध प्रदर्शनलाई ध्यानमा राख्दै आज लालकिल्ला क्षेत्र र पुर्वोत्तर दिल्लीका केही भागमा निषेधाज्ञा र दिल्लीको मेट्रो रेल स्टेसनमा सर्वसाधारणलाई आउन जान निषेध गरिएको थियो । प्रदर्शनकारीहरुले जन्तर मन्तरमा भेला भएर नारावाजी गर्दै विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा विभिन्न विश्वविद्यालयका विद्यार्थी र विभिन्न दलका समर्थक सहभागी भएका थिए ।  दिल्ली लगायत देशभरि प्रदर्शनकारीहरुले राष्ट्रिय नागरिकता दर्ता (एनआरसी) र नगरिकता संशोधन कानून (सीएबी) को विरोधमा आन्दोलन चर्काउदै गएका छन् ।  

दिल्लीमा भएको प्रदर्शनमा काँग्रेस नेता सन्दीप दीक्षित, स्वराज अभियानका नेता योगेन्द्र यादव र भारतीय कम्युनिष्ट पार्टीका नेता सिताराम यचुरी, डी राजा, निलोत्पाल बसु, ब्रिन्दा कराँतलगायत नेता कार्यकर्ता सहभागी भएका थिए । प्रदर्शन चर्किन थालेपछि दिल्लीका केही भागमा पहिलोपटक टेलिफोन सेवा बन्द गरिएको छ । मोबाइल सेवा, इन्टरनेट सेवा समेत बन्द गरिएको भारतीय मिडियाले बताएका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP