Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

इन्द्रेणी ग्रामिण विकास केन्द्र नेपालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

विजयनगर, २०७६ पुष ०३ राम प्रघट कोरी,

इन्द्रेणी ग्रामीण बिकास केन्द्र नेपालले आज आ.व. ०७५÷०७६ को सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तु को बुद्धभुमि नगरपालिका गोरूसिँगे को पौवा होटेल मा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले “संस्थाले विकास गर्ने नभई बाटो देखाइ दिने काम गर्ने हो” भन्दै विजयनगर गाउँपालिका र बुद्धभुमि नगरपालिकामा संस्थाले ल्याएको परिवर्तन अनुगमनको क्रममा प्रत्येक्ष रूपमा देखेको कार्यलाई खुलेर प्रसंशा गर्नु भयो । संस्था द्वारा संचालित तीन ओटे कार्यक्रम आइ एम स्वडिस् , एल आइ टि र सि एस म्याप बुद्धभुमी र विजयनगर गाउँपालीकामा सञ्चालीत कार्यक्रमको लक्षित समुह अन्र्तगत छलफलमा उठेका समस्या,सुझाव र सवल पक्षको क्रिर्याकलाप आगामी कार्यक्रममा समेटेर लैजाने संस्थाका अध्यक्ष विष्णु पौडेलले प्रतिबद्धता जनाउनु भएको थियो । संस्थाका कार्यकारी निर्देशक प्रदिप शाहले संस्थाको लक्ष्य, मुल्य मान्यता, मुख्य विषयगत कार्य क्षेत्र ,संरचना लाभान्वीत समुहहरुको बारेमा प्रष्ट पार्दै संस्थाले नयाँ कार्यक्रम सम्झौता गरिसकेकोले छिट्टै कपिलवस्तुको चारवटा पालीकामा संञ्चालन गर्ने समेत जानकारी गराउनु भएको थियो । कार्यक्रममा सेवा निकायका प्रमुख,दातृ निकायका प्रमुख, सेवा ग्राहि र सरोकारवालाहरुको सहभागीतामा कार्यक्रमलाई गैर सरकारि संस्था महासंघका अध्यक्ष प्रविण कुमार श्रीवास्तवले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता र मनोज पन्थीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP