Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

गाउँपालिकामा नै एम्बुलेन्स नहुदाँ समस्या ।। ट्याक्टरमा नै सुत्केरी ।।

दिपक के.सी.
कपिलवस्तु पौष, ५

कपिवस्तुको विजयनगर गाउँपालिका वडा ५ की एक महिलाले ट्याक्टरमा नै बच्चा जन्माएकी छन । सुत्केरी व्याथा लागेपछि लागेपछि अस्पताल ल्याउने क्रममा उनले ट्याक्टरमा नै बच्चा जन्माएकी हुन ।
विजयनगर गाउँपालिका वडा नं. ५ कटुवा गाउँकी उर्मिला कोरी शनिबार सुत्केरी व्याथाले छटपटाए पछि उनको परिवारले उनलाई सुत्केरी गराउन अस्पताल लाने सल्लाह भयो । व्याथा लागेकी की श्रीमतीलाई अस्पताल के मा लैजाने सरसल्लाह हुन लाग्यो । एम्बुलेन्समा लानु पर्ने तर विजयनगर गाउँपालिकामा नै एम्बुलेन्स नभए पछि घरमा रहेको ट्याक्टरमा उर्मिला ट्याक्टरमा नै राखि चन्द्रौटामा ल्याउने निधो गरे ।
एक त गर्भवती महिला त्यो पनि सुत्केरी व्याथाले च्यापेको अवस्थमा ट्याक्टरमा उफार्दै चन्द्रौटा ल्याइयो । अस्पताल नपुग्दै उर्मिलाले बच्चा जन्माइन । बाटोमा नै बच्चा जन्मेपछि अस्पताल नै नपुगि घर फर्किन लागेको उर्मिलाका श्रीमान विजय कोरीले बताए । बच्चा जन्मिहाल्यो अब किन अस्पताल लानु पर्यो उनले भने । गाउँपालिकामा गतिलो स्वास्थ्य संस्था नभएकोले आफुले डेलिभरी गराउन शिवराज नगरपालिका चन्द्रौटामा ल्याउनु परेको उनले बताए । गाउँपालिकाले हाल सम्म एम्बुलेन्स खरिद नगर्दाको पिडा आफु जस्तै अरु गाउँपालिका बासीको रहेको उनले बताए । भगवानको कृपाले मेरो श्रीमती र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ नत्र यस्तो समस्यामा जे पनि हुनसक्थ्यो कोरीले भने ।
यता विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरिद र संचालनका लागी प्रयास र पहल भने नगरेको होइन । यस आर्थिक बर्षमा एम्बुलेन्स खरिदका लागी गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए । यस बर्ष दातृ निकायबाट सहयोग प्राप्त भयो भने २ वटा एम्बुलेन्स संचालन हुने अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP