Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

फिल्मी शैलीमा बालब‍ालिका बन्धक बनाएर फिराैती माग्ने दुई जना पक्राउ

काठमाण्डौ – तीन बालबालिकालाई अपहरण गरी बन्धक बनाएको अभियोगमा प्रहरीले काठमाण्डौबाट दुई जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले बुधबार राति गोरखा घर भएका बिनोद थापा मगर र अर्का एक होटल सञ्चालकलाई पक्राउ गरेको हो । 

स्कुल जान लागेका बालबालिकालाई अपहरण गरी काठमाण्डौ टोखाको होटेल ब्लू स्टारको कोठा नम्बर ४०४ मा लगेर बन्धक बनाइएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । अपहरपछि बच्चाको आमालाई रिहाइका लागि तीन लाख फिरौती माग गरेका थिए । 

यस्ताे थियाे घटना 

गएको शनिबार काठमाण्डौकी एक महिला आफ्ना बच्चाहरुलाई आफन्तको रेखदेखमा सामाखुसीमा रहेकाे कोठामा राखेर काम विशेषले पोखरा गएकी थिइन् ।
सोमबार उनलाई बच्चाकै मोबाइलबाट अपरिचित आवाजमा फोन आयो । ती अपरिचितले धम्कीको भाषामा भने, ‘तिम्रा छोराछोरी मेरो कब्जामा छन्, तीनलाख रुपैयाँ फिरौती दिएमात्र छाड्छु ।’ 

फोन गर्ने व्यक्ति थिए, बानेश्वर बस्ने कैलाली धनगढीका २४ वर्षीय आशिष सिंजाली । चिनजानकै व्यक्तिले फोन गरेको र बच्चाहरुले पनि मामा भन्ने गरेकाले सिंजालीले त्यस्तो गरेको पत्याउन ती महिलालाई मुश्किल भयो । तै पनि उनी पोखरा बस्न सकिनन् र सामाखुसीमा छोराछोरीलाई छाडेर गएको कोठमा आइपुगिन् । तर, कोठामा पुग्दा छोराछोरी थिएनन् । 

छोराछोरी कोठामा नभेटेपछि उनले अपहरणमा परेको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौलाई जानकारी गराइन् । प्रहरीका अनुसार आशिषले ती बच्चाहरुलाई ‘तिम्री आमाले तिमीहरुलाई होटेलमा राख्नु भनेको छ’ भन्दै ब्लूस्टार होटेलमा लगेर बन्धक बनाएका थिए । 

बुधबार पक्राउ परेका बिनोद मगरले प्रहरीलाई दिएको बयानमा काठमाण्डौमा अन्य दुई जनालाई अपहरण गरेको सम्बन्धमा हेटौँटामा पक्राउ परेपछि सिंजालीले बच्चाहरुको रेखदेखका लागि आफूलाई राखेको बताएका छन् । 

मगरमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP