Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

महाचिलकाे संख्या २२ प्रतिशतले घट्याे

काठमाण्डौ – नेपालमा गएको आठ वर्षमा महाचिलको संख्या २२ प्रतिशतले घटेको चराविद्ले बताएका छन् । 

सन् २०१२ मा गरिएको चरा गणनामा ६ हजार सात सय वटा महाचिल रहेकामा अहिले घटेर पाँच हजार एक सय मात्रै रहेको चराविद् डाक्टर तुलसी सुवेदीले जानकारी दिनुभयोे । 

खेतबारीमा रासायनिक मल र विषादीको बढ्दो प्रयोग, वन फडानी र अतिक्रमण, डढेलो, घाँसे मैदानको अभाव, चोरी शिकारी र अवैध व्यापार, बदलिँदो तापमान र मौसम परिवर्तन, बासस्थान र आहारको कमी लगायत कारणले महाचिलको संख्या घटेको सुवेदीले बताउनुभयो । 

महाचिलको संख्या घटे पनि आगन्तुक चरामध्ये भने अहिलेसम्म पनि महाचिलकै संख्या धेरै रहेको छ । नेपालमा २६ प्रजातिका आगन्तुक चरा पाइन्छन् भने ६ प्रकारका महाचिल रहेका छन् । यस्ता चराहरु मौसमअनुसार विभिन्न देशमा आउने–जाने गर्छन् । यसरी आउने जाने चराले झण्डै पाँच हजार किलोमिटरसम्मको दुरी पार गर्छन् । 

भदौको अन्तिमबाट नेपाल भित्रने आगन्तुक चराहरु चैतको अन्तिमतिर फर्कन्छन् । 

यसैबीच हिमाली गिद्धको बारेमा जानकारी लिन स्याटलाइट प्रणालीबाट अनुगमन सुरु गरिएको छ । हिमाली गिद्धको मुख्य बासस्थान पत्ता लगाउन, उनीहरुको आहार विहार र दिनचर्या पत्ता लगाउन यस्तो प्रविधिमार्फत अनुगमन सुरु गरिएको चराविद् तुलसी सुवेदीले बताउनुभयो । 

नेपालमा ८ सय ८७ प्रजातिका चरा पाइन्छन् । सबैभन्दा बढी प्रजातिका चरा चितवनमा पाइन्छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP