Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

विप्लव समूहका मध्यपश्चिम कमाण्ड इञ्चार्ज वीरजंगसहित २१ जना नेता कारागार चलान

दाङ  – दुई महिनाअघि दाङको राजपुर गाउँपालिका – ४ मुंग्रठा खोलाबाट पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) समुहका २१ जना नेता पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत दाङका न्यायाधिस रितेन्द्र थापाको इजलासले २१ जना विप्लव समूहका नेताहरुलाई जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर, नेताहरुलाई फेरि पक्राउ गर्न प्रहरी तयार अवस्थामा रहेका कारण उनीहरुले धरौटी तिर्न नसक्ने भन्दै करागार जाने निधो गरेका हुन् ।

अदालतको आदेश अनुसार धरौटीमा छुट्ने तयारी गरेका नेताहरुलाई प्रहरीले फेरि पक्राउ गर्ने तयारी गरेपछि आफूहरु धरौटी नतिर्ने र पूर्पक्षका लागि कारागार जाने निर्णय लिएको विप्लव समूहका मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (वीरजंग)ले जानकारी दिनुभयो ।

गएको असोज २९ गते राति मुंग्रेटागाउँमा पार्टीको आन्तरिक बैठक चलिरहेको बेला दाङ प्रहरीले पार्टीका २१ जना नेताहरुलाई हतियार, विष्फोटक पदार्थ, नगद रुपैयाँ र पार्टीका महत्वपूर्ण दस्ताबेज बरामद गरेको थियो ।

प्रहरीले विप्लव समूहका मध्यपश्चिम कमाण्ड इञ्चार्ज वीरजंगसहित राप्ती ब्यूरो इञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP