Trending
समाज कान्तिपुर सिटी कलेजमा अनेरास्ववियूको शान्तिपूर्ण प्रदर्शन अन्तर्राष्ट्रिय जर्मन गालुश्चेन्को देश छोडेर भाग्न खोज्दै गर्दा सीमा क्षेत्रबाट पक्राउ समाज पेट्रोलियम पदार्थको मूल्य बढ्यो समाज प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या राजनीति सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने राजनीति सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका जाँदै राजनीति यो चुनाव देश बनाउने र जलाउनेबीचको संग्राम हो : ओली राजनीति गगनकुमार थापाले आईटी क्षेत्रबाट नेपालले लिनसक्ने लाभ र आगामी योजनाबारे आफ्नो धारणा खेल विश्वकपमा तेस्रो हार बेहोरेसँगै सुपर आठको सम्भावना समाज महाशिवरात्रिमा ६ लाख बढीले गरे पशुपतिनाथको दर्शन

कपिलवस्तुमा मादल र ढकिया बनाउने तालिम सम्पन्न !!

बसन्ता भुसाल पुस ७

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ८ ढोडेकोलमा थारु समुदायको परम्परागत सिप विकास तालिम थारु मादल र ढकिया बुन्ने तालिम सम्पन्न भएको छ । वाणगंगा नगरपालिका वडा नं ८ को कार्यालयमा उक्त कार्यक्रम गरिएको हो । प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पूर्व कृषिमन्त्री चक्रपाणी अर्यालको विशिष्ट आतिथ्यता रहेको कार्यकम्रमा बोल्दै वाणगंगा नगरपालिका वडा नं ८का वडा अध्यक्ष गुणानिधी भुसालले ढकियाहरु राम्रो भएमा आफूले उक्त सामाग्रिको अन्यत्रै बजारिकरण गरिने प्रतिबद्धता जनाउदै थारु समुदायले पुराना लोप हुदैँ गएको संस्कृति,सीप,कलालाई जोगाउनु पर्नेमा जोड दिनुभएको थियो । पहिलेको तुलनामा अहिले पुराना संस्कृतिका सामाग्रीहरु निकै लाप हुदैँ गएको हुनाले आगामी दिनहरुमा यसको संरक्षणका लागी आफू लागी परेको बताउँदै सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको हो । त्यस्तै कार्यक्रममा बोल्दै चक्रपाणी अर्याल –बलदेव)ले प्रशिक्षक रामवली चौधरीलाई धन्यावाद दिदैँ ढोडेकोलमा सीपमूलक तालिमलाई अझ प्रभावकारीता बनाउनका लागी सम्पूर्णलाई आग्रह गर्नु भयो । नगरमा उत्पादन गरेका आफ्नै सीपलाई निरन्तरता दिनुपर्ने र आफ््नो संस्कृतिलाई जोगाउनु पर्ने बताउनु भएको छ । प्रदेश सांसद पन्थीले थारु संग्राहलय निर्माण गर्ने र पर्यटकिय बनाउने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा तालिम प्राप्त सम्पूणलाई प्रमाण पत्र प्रदान गरिएको छ । कल्याणकारी कोषाध्यक्षको स्वागत मन्तव्य तथा रामबहादुर चौधरीको संचालनमा सम्पन्न भएको हो । कार्यक्रमको समापन थारु समुदायका परम्मरागत सिप विकास समितिका अध्यक्ष नाथुराम थारुले गर्नुभएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP