Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

गुल्मीको हेल्थपोष्टलाई एम्बुलेन्स हस्तान्तरण

पूर्वस्वास्थ्य मन्त्री तथा सांसद गगन थापाले गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ लाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । ‘पण्डित वेणी माधव पौडेल प्रतिष्ठान’ले उपलब्ध गराएको एम्बुलेन्सलाई कांग्रेसका प्रभावशाली नेता थापाले काठमाडौंमा सोमबार आयोजित विशेष कार्यक्रममा एम्बुलेन्स हस्तान्तरण गर्नु भएको हो । कालिगण्डकी गाँउपालिका ७ भुर्तङ्ग हेल्थ पोष्टले सञ्चालन गर्ने गरी नेता थापाले वडा नम्बर ७ का वडाध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नु भएको थियो । नेपाली कांग्रेसका नेता स्व.गिरिजाप्रसाद कोइरालाको निजी सहयोगीका रुपमा लामो समय काम गरेका काँग्रेस नेता गोकर्ण पौडेलले आफ्नो बुवाको स्मृतिमा गाउँपालिकाको वडा नम्बर ७ लाई प्रतिष्ठानमार्फत एम्बुलेन्स उपलब्ध गराइएको जानकारी दिनुभयो । कार्यक्रममा युवा नेता थापाले एम्बुलेन्सलाई सकेसम्म न्युनतम शुल्क लिएर सेवा दिन सुझाव दिनुभएको थियो । ‘एम्बुलेन्स चलाउन शुल्क उठाउनुपर्छ, शुल्क उठाउँदा सेवाग्राहीलाई भार पार्नु हुँदैन’, उहाँले भन्नुभयो, ‘एम्बुलेन्सको मर्मत सम्भार, चालकको तलबलगायतका विषयमा पनि एम्बुलेन्सको शुल्कले व्यवस्था मिलाउनुपर्छ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP