Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

समाज जडीबुटी बेचेर पढाइको जोहो

सर्लाही –  जाडो बढेसँगै उच्च पहाडी तथा हिमाली भेगका स्कुले बालबालिकाहरु जडीबुटी बेच्न तराई आइपुगेका छन् ।

जुम्ला, जाजरकोट, डोल्पा लगायत विभिन्न जिल्लाका स्कुले बालाबलिकाहरु समूह बनाएर हिमाली जडीबुटीको व्यापार गर्न तराई आइपुगेका हुन् । जाडो मौसममा त्यहाँकाे सामुदायिक विद्यालयको पठनपाठन तीन महिना बन्द हुने गर्छ ।   

विद्यालय बन्द भएपछि पढाइ खर्चको जोहो गर्न जडीबुटी लिएर तराई आएको जुम्लाको हिमशिखर माविमा कक्षा ८ मा पढ्दै गरेका छात्र तिलक न्यौपानेले बताउनुभयाे । न्यौपाने भन्नुहुन्छ, ‘जडीबुटीको व्यापारका लागि हामी १३/१४ जना आएका छौँ ।  दिनभरि डुलेर जडीबुटी बेच्छौँ । राति बास बस्न सबैलाई पायक पर्ने ठाउँमा कोठा भाडामा लिएका छौँ ।’ दैनिक ५ देखि ६ सय रुपैयाँको हाराहारीमा व्यापार हुने गरेकाे उहाँले बताउनुभयाे ।    

उनीहरुले शिलाजित, जटामसी, पाखनबेत, बुडो ओखतो, हिङ, जिम्बु, यार्सागुम्बा, बिरेनुन, टिम्बुर ,भेडीको घ्यूलगायतका हिमाली जडीबुटी बेच्ने गरेका छन् । जुम्लादेखि जडीबुटी बेच्न तराई आइपुग्नुभएका राजकुमार रावल भन्नुहुन्छ, ‘घर बसेर कामै छैन । हिउँ पर्दा जाडोले बाहिर निस्कन सकिँदैन । जाडो बिदामा अलिअलि पढाइ खर्च कमाइन्छ कि भनेर यहाँ आएका हौँ ।’

जडीबुटी बेच्न तराई झरेका उनीहरु जाडो कम हुँदै गएपछि पुनः आफ्नै बासस्थान फर्कने गरेका छन् । हिमाली भेगबाट जडीबुटी बेच्न एकै घर परिवारका चार जनासम्म तराई आउने गरेका छन् 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP