Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

शिवराजका शिक्षकमा कोरोना :विद्यार्थी उच्च जोखिममा

माधव बेल्बासे
चन्द्रौटा,कपिलवस्तु
कुनै समय थियो,नगरका एक नागरिकमा कोरोना देखिएपछि नगर नै शिल गरिन्थ्यो । नागरिकहरु पनि मास्क सेनेटाइजरले सुुरक्षा सर्तकता अपाउने गर्थे । लामो समय सम्म बन्द रहेका विद्यालयहरु अहिले खुलेका छन््। विद्यालय खुलेपनि सुरक्षा सर्तकता अपाउनेहरु भने कमि छन् ।अधिकांश विद्यालयमा अध्यानरत विद्यार्थीहरु तथा शिक्षकहरु मास्क बिनै विद्यालयमा आउने जाने गर्दछन् ।
शिवराज नगरपालिका भित्र अहिले १४ जना संक्रिय संक्रमित छन् । त्यस मध्ये राष्ट्रिय माध्यमिक विद्यालय चन्द्रौटामा मात्र अध्यापन गराउने ७ जना शिक्षक र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । सुरुमा ३ जनामा देखिएको कोरोना दोस्रो चरणमा जाँच गर्दा ४ जनामा कोरोना देखिएको हो । शिक्षकहरुमा कुनै लक्षण नभएपनि कट्याक्ट ट्रेसिङ भन्दै अन्य शिक्षकको परिक्षण गर्दा कोरोनाको अवस्था भयाभव देखिएको छ । पहिलो चरणमा जाँच गर्दा कोरोना देखिएपछि राष्ट्रिय मावि बन्द गरियो । पछिल्लो समय सोहि विद्यालयमा पढाउने एक शिक्षिकामा समेत कोरोना देखिएको र शिक्षिकाका श्रीमानले समेत सोहि विद्यालय पढाउने भएकोले उनी पनि जोखिममा रहेका छन् । संक्रमित शिक्षकहरुलाई होम आइसोलेसनमा छन् ।
यता नेपाल आर्दश बहुमुखि क्यापसका एक जना प्राध्यापकमा समेत कोरोना देखिएपछि क्याम्पस प्रशासनले सोमबार एक सुचना जारी गर्दै क्याम्पस बन्द भएको जानकारी गराएको छ । क्याम्पसमा पढाउने प्राध्यापकहरुले विद्यालयममा पनि पढाउने भएकोले विद्यालयका विद्यार्थीहरु झनै जोखिममा रहेका छन् । क्याम्पसमा पढाउने शिक्षकले शिवराज नगरपालिका ९ सुन्दरीडाँडाको प्रकाश माविमा समेत अध्यापन गराउने भएकोले नगरका अन्य विद्यालयहरु असुरक्षित रहेका छन् ।
शिक्षकहरुले कोरोना जाँच गरेपनि विद्यार्थीहरुको भने कोरोना जाँच हुन सकेको छैन । संक्रमित शिक्षकहरुले पढाउने विद्यालयहरु बन्द गरिएको शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताउनुभयो । संक्रमित सँग नजिक रहेका शिक्षकहरुको कोरोना परिक्षण गराउने गरेका छौ पछिल्लो समय शिक्षकहरुमा कोरोना देखिएकोले उच्च सावधानी अपनाउन आग्रह गरिएको पन्थीले बताउनुभयो । पछिल्लो समय विद्यालयहरुमा सर्तकता नअपनाउदा कोरोना फैलीदै गएको छ । नगरपालिकाले यस कोरोना नियन्त्रणमा पछिल्लो समय कुनै चासो नदिएको गुनासो छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP