Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

कलिलै उमेरमा आमा, बालविवाह रोक्न चुनौती

बझाङ –  छबिस पाथीभेरा गाउँपालिकाकी १८ वर्षीया रन्जा थापा अहिले दुई जिउकी हुनुहुन्छ । १३ वर्षको उमेरमा प्रेम विवाह गर्नुभएकी थापा अहिले तेस्रो सन्तानको आमा बन्दै हुनुहुन्छ । विवाह गरेको एक वर्षपछि उहाँले पहिलो सन्तानलाई जन्म दिनुभएको थियो । दोस्रो सन्तान १६ वर्षको उमेरमा जन्मिएको थियो ।  अध्ययनबाट पूर्णरुपमा बञ्चित हुनुभइसकेकी थापा अहिले घरायसी काममा नै व्यस्त हुनुहुन्छ । 

थापा भन्नुहुन्छ, ‘अरुको देखासिकीमा मायाप्रेम बस्यो । छोड्न सकिएन । पढाइ नै छाडेर भागी विवाह गरियो । अहिले आफूसँगैका साथीले पढेको देख्दा निक्कै पछुतो लाग्छ ।’ सानो उमेरमा विवाह गरी पछुताउनुभएकी थापा अहिले उमेर नपुग्दै विवाह नगर्न अरुलाई सुझाव दिनुहुन्छ । 

यस्तै तल्कोट गाउँपालिका ४ की दुर्गा भण्डारीको कथा पनि थापासँग मिल्दोजुल्दो छ । उहाँले कक्षा ८ मा पढ्दै गर्दा १५ वर्षकै उमेरमा भागी विवाह गर्नुभएको थियो । उहाँ पनि १७ वर्षको उमेरमा पहिलो र १९ वर्षको उमेरमा दोस्रो सन्तानकी आमा बन्नुभयो । 

भर्खरै २० वर्ष पुग्नुभएकी भण्डारीलाई श्रीमानको माया घट्दै गएको अनुभव हुन थालेको छ । ‘आफूसँगका साथीहरु भविष्यको चिन्तामा छन् । म भने सन्तानको लालनपालनको पीरमा छु । चाँडो विवाह गर्दा न सन्तानको भविष्य राम्रो हुनेभयो, न त आफ्नो जीवन नै’, उहाँ पछुतो मान्नुहुन्छ ।

भण्डारी र थापा त उदाहरण मात्रै हुनुहुन्छ । यहाँका धेरै ठाउँमा कलिलो उमेरमा आमा बन्नेको संख्या थुप्रै छ । कतिपयले देखासिकी त कतिले अभिभावकको दबाबका कारण कम उमेरमा विवाह गर्ने गरेका छन् । 

तल्कोट गाउँपालिका १ सुनिकोटका वडाध्यक्ष गोपाल धामी अज्ञानता, अशिक्षा र  रुढिवादी परम्पराका कारण बालविवाहले प्राथमिकता पाएको बताउनुहुन्छ । उमेर नपुग्दै सन्तान पाउनेको दर वृद्धि भएकोे भन्दै उहाँले बालविवाह रोक्नु चुनौतीपूर्ण बनेको गुनासो गर्नुभयो ।  

जिल्ला अस्पतालको तथ्याङ्कअनुसार उमेर नपुग्दै बच्चा जन्माउनेको दर ६० प्रतिशत रहेको छ । अस्पतालका कार्यालय प्रमुख डाक्टर सन्दीप ओखेडाले कम उमेरका आमाहरुको पाठेघरमा क्यान्सर लगायतका समस्या निम्तने भन्दै बालविवाह रोक्न नसके पनि कम उमेरमा बच्चा जन्माउने दरलाई घटाउन सरकारी निकाय लाग्नुपर्ने बताउनुभयो । 

कुलमष्टा जन उच्च माविका शिक्षक वीरेन्द्र सिंहले कक्षा १ देखि १२ कक्षासम्मका पाठ्यपुस्तकमा बालविवाह सम्बन्धी कानुनी प्रावधानबारे समेट्नुपर्ने भन्दै राज्य, समुदाय र स्वयं व्यक्ति सचेत हुनु आवश्यक रहेको बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP