Trending
अपराध लागुऔषध विभिन्न स्थानबाट १७ जना पक्राउ समाज रसुवागढी नाका हुँदै कैलाश मानसरोवर जानेको संख्या बढ्यो राजनीति कोशी प्रदेशमा कांग्रेसका मन्त्रीले लिए शपथ राजनीति गण्डकीका सबै संरचना अपांगमैत्री बनाउने नीति लिइसक्यौँ : मुख्यमन्त्री पाण्डे राजनीति रास्वपाको राष्ट्रिय भेला तयारी पूरा, १५ सय प्रतिनिधि आउने स्वास्थ्य किशोरकिशोरीको पोषण कमजोर भएपछि मन्त्रालयले थाल्यो नयाँ परियोजना समाज विदेश जाने यात्रुलाई खादा र माला नलाउन विमानस्थलको आग्रह राजनीति भन्सार अधिकृतलाई अर्थमन्त्रीको निर्देशन- राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्नुस् राजनीति समितिमा सुनुवाइ जारी, प्रस्तुति दिँदै प्रस्तावित राजदूत राजनीति प्रचण्डसहित तीन शीर्ष नेताको अर्थपूर्ण राजनीतिक भेट

इलाममा पछिल्ला ६ वर्षमा बालिका बलात्कारका घटना सबैभन्दा बढी

इलाम – इलाममा अपराधिक घटनामा सबै भन्दा बढी बालिका बलात्कारका घटना भएको पाइएको छ ।

जिल्लामा ६ वर्षमा सात सय ३९ वटा अपराधिक घटना भएका छन् । जसमध्ये बालिका बलात्कारका घटना मात्रै ९७ वटा रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इलामले जानकारी दिएको छ ।

सोमबार इन्सेक इलामले ‘मानव अधिकार वर्ष पुस्तक–२०२०’ का लागि गरेको वार्षिक पूर्वसमीक्षा तथा मानव अधिकार अवस्था विषयको अन्तरक्रिया कार्यक्रम मार्फत उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।

इन्सेक इलामकी जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार ६ वर्षभित्र इलाममा आत्महत्याका तीन सय १८, घरेलु हिंसाका दुई सय १६, बलात्कारका एक सय ३५, बहुविवाहका ३८, बालक कुटपिटका १० घटना भएका छन् । यस्तै हत्या र मानव ओसारपसार तथा बेचबिखनका आठ-आठ, बेवास्ता, बालविवाह र जातीय विभेदका दुई÷दुईवटा घटना घटेको उहाँले जानकारी दिनु भयो । 

यस्तै ६ वर्षमा सबै भन्दा बढी सन् २०१७ मा मानव अधिकार उल्लङ्घनका घटना घटेको प्रतिवेदनमा उल्लेख छ । यस वर्ष एक सय ७८, सन् २०१५ मा एक सय ५८, सन् २०१६ मा एक सय ४९, सन् २०१८ मा एक सय २०, सन् २०१४ मा ७९ र सन् २०१९ मा ३३ वटा घटना घटेको प्रतिनिधि ढकालले बताउनु भयो । यस वर्ष भने सबै भन्दा कम घटना भएको पाइएको छ । 

यस्तै प्रतिवेदनको तथ्यांक अनुसार सन् २०१९ मा ३३ वटा मानव अधिकार उल्लंघनका घटना घटेका छन् । जसमा सबैभन्दा बढी बलात्कारका घटना रहेका छन् । यस वर्ष बालिका १३ र महिला आठ गरी बलात्कारका २१ वटा घटना भएका छन् । यसैगरी बहुविवाहका आठ, हत्याका तीन र बालविवाहको  एउटा घटना भएको छ । 

देशको मानव अधिकारको अवस्था झल्कने गरी इन्सेकले बर्सेनि मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ । हिंसा र अपराधसँग जोडिएका घटनालाई पनि पछिल्लो समय मानव अधिकारसँग जोडेर हेर्ने गरिएको मानव अधिकार मञ्चका मोहन थेवेले बताउनु भयो ।

जस्तोसुकै घटना होस् घटनाका दोषीलाई कोही कसैले कुनै पनि हालतमा संरक्षण गरेर राख्न नहुनेमा समीक्षा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए । घटनालाई न्यूनीकरण गर्न र मानव अधिकारको रक्षा गर्न सबैले हातेमालो गर्नुपर्ने सहभभागीहरुको भनाई थियो । 

कार्यक्रममा विभिन्न सरोकारवाला, राजनीतिक दलका प्रतिनिधि, संघसस्था तथा सरकारी कार्यलयका प्रतिनिधि र सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP