Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

सरकारबाट समाजवादी पार्टीकोे बहिर्गमन, प्रदेश २ मा पनि सरकार परिवर्तनको संकेत

संविधान संशोधनको मागसहित सरकारमा सामेल भएको १९ महिनापछि संघीय समाजवादी पार्टीले सरकार छोडेको छ ।  

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग संविधान संशोधन गर्ने सहमति गर्दै गएको २०७५ जेठमा सरकारमा सामेल भएको समाजवादी १९ महिनापछि सरकार छाडेकाे हाे ।  

सरकारमा सहभागी हुँदाका बेला आफूहरुसँग गरिएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री उदासिन भएपछि बाध्य भएर सरकारबाट बाहिरिने निर्णय गरिएको पार्टीले जनाएको छ । 

तत्कालीन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष रहनुभएका उपेन्द्र यादवको नेतृत्वमा पार्टी सरकारमा सहभागी भएको थियो । सरकारमा सहभागी हुँदा उसले सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सहमति गरेको थियो । 

२०७५ जेठ १४ गते भएको सहमतिमा समाजवादी पार्टीले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र नागरिकको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गर्ने उल्लेख थियो । यस्तै सरकारले गर्न सक्ने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गर्ने पनि उल्लेख गरिएको थियो । 

यही सहमतिको आधारमा २०७५ जेठ १८ गते पार्टीका अध्यक्ष यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र पार्टीकै मोहम्मद इस्तियाक राईले शहरी विकास मन्त्रीको सपथ लिनुभएको थियो ।  

सरकारमै सहभागी भएका बेला २०७६ वैशाख २४ मा डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकता भएसँगै पार्टीले सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । 

त्यसपछि पनि सत्ता सहयात्रामा साथ दिँदै आएको समाजवादी पार्टीलाई सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने वेवास्ता गर्दै आउनुभएको थियो । 

सरकारमै सहभागी भएर सरकारकै विरोध गर्दै हिँडेको भन्दै उपप्रधानमन्त्री यादवलाई प्रधानमन्त्री ओलीले त्यसो नगर्न पटक पटक सचेत पनि गराउनुभएको थियो । संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सार्वजनिक कार्यक्रमहरुमा सरकारको आलोचना गर्दै आउनुभएको थियो । 

एक महिनाअघि गएको मंसिर ३ गते प्रधानमन्त्री ओलीले समाजवादी पार्टीसँग सल्लाह नै नगरी यादवलाई स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा विभागीय जिम्मेवारी हेरफेर गरिदिनुभएको थियो । यस्तै समाजवादी पार्टीबाट नियुक्त भएका राज्यमन्त्री रामकुमारी चौधरीलाई बर्खास्त गर्नु भएको थियो ।  

मन्त्रिपरिषद् पुनर्गठनका बेला भारतमा रहेका उपेन्द्र यादवले यसप्रति आपत्ति जनाए पनि सरकार भने छाड्नु भएको थियो । यादवले सरकार छाडिदिए हुन्थ्यो भनेर प्रधानमन्त्री ओलीले जिम्मेवारी हेरफेर गरिदिएको भन्ने धेरैले अर्थ लगाएका थिए ।

यसैबीचमा गएको पुस २ गते सत्तारुढ दल नेकपाले विपक्षी दल राष्ट्रिय जनता पार्टीसँग राष्ट्रिय सभा चुनावमा तालमेल गर्ने दुई बुँदे सम्झौता गरेसँगै समाजवादी पार्टी सशंकित बनेको थियो ।  

सत्तासहयात्री दललाई पाखा लगाउँदै विपक्षी दलसँग सम्झौता गरेपछि समाजवादीलाई झनै सरकार छाड्ने दवाब परेको थियो । सरकारमा सहभागी भएर पनि संविधान संशोधन गराउन नसकेको, आन्दोलनमा उठेका मुद्दालाई भुलेको, पार्टीले मधेसको मागलाई छाड्दै गएको भन्ने आरोप मधेसवादी दललाई लाग्दै आएको थियो ।

यस्तो आरोपलाई गलत देखाउन र फेरि पनि नागरिकसँगै सडकमा जान उपेन्द्र यादवले सरकार छाड्ने अघिल्लो दिन सोमबार संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लिएर जानुभयो । 

तर प्रधानमन्त्रीको असहमतिपछि कानुन मन्त्रीको हैसियतमा यादवले बैठकमा पेश गर्न लगेको संविधान संशोधनको प्रस्ताव पेश नै हुन पाएन । प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्नै नहुने भन्ने नभए पनि सबै दलसँगको सहमतिमा प्रस्ताव ल्याउनु पर्नेमा राजनीतिक स्टण्डबाजीका लागि यस्ता प्रस्ताव नल्याउन यादवलाई सचेत गराउनुभएको थियो । 

संविधान संशोधनका लागि सरकारमा गएको तर संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेपछि सरकारमा रहिरहनुको औचित्य नरहेकाले पार्टी सरकारबाट बाहिरिने निर्णयमा पुगेको पार्टीका उपाध्यक्ष रकम चेम्जोङले बताउनुभयो ।

सरकारमा सहभागी भएको १९ महिना बित्दा पनि सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफूहरुको मागप्रति उदासीन बनेको र प्रस्ताव लैजाँदा पनि बैठकमै पेश हुन नदिएपछि बाध्य भएर सरकार छाड्न परेको उहाँले बताउनुभयो ।  

सरकारमा जाने बेला भएको सहमतिबाट पछि हटेको र सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएकाले राजीनामा दिएको मन्त्री यादवले दिनुभएको राजीनामा पत्रमा उल्लेख छ । 

समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै अब के हुन्छ भन्ने चासो उब्जिएको छ । सत्तारुढ दलसँग बहुमत रहेकाले समाजवादी पार्टी सरकारबाट बारिए पनि सत्ता समिकरणमा कुनै असर पर्दैन । 

सत्ताबाट बाहिरिने समाजवादी पार्टीको अस्वभाविक निर्णय नभई सरकारबाट बाहिर पठाउने रणनीति स्वरुप नै समाजवादी पार्टीलाई प्रधानमन्त्रीले लामो समयदेखि वेवास्ता गर्दै आउनु भएको कतिपयको बुझाइ छ ।  

सरकारबाट बाहिरिएको समाजवादीलाई प्रदेश २ मा पनि धक्का पुग्न सक्ने विश्लेषण कतिपयको छ । प्रदेश २ मा अहिले समाजवादी नेतृत्वमा राजपासहितको गठबन्धन सरकार छ ।

राजापाले सत्तारुढ दल नेकपासँग एक साताअघि राष्ट्रिय सभा चुनावमा तालमेलका लागि गरेको सहमतिलाई प्रदेश २ मा सरकार हेरफेर हुने संकेतको रुपमा लिइएको छ ।

प्रदेश २ मा पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ठूलो दलको रुपमा छ । अब प्रदेश २ मा नेकपा र राजपाको सरकार बन्ने हो भन्ने प्रश्नमा राजपा महासचिव राजेशमान सिंहले अहिले नै त्यस्तो अवस्था आइनसकेको प्रतिकृया दिनुभयो ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP