माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा पुष ८
ईलाका प्रशासन कार्यालय चन्द्रौटाका सेवाग्राहीलाई मध्यनजर गर्दै जेसिज शिवराजद्धारा २ थान हिटर वितरण गरिएको छ । चिसोयाम बढे सगैं सेवाग्राहीलाई सेवा लिदाँ सहज होस् भन्ने उद्देश्यले ५ हजार रुपैया बरावरको हिटर प्रदान गरिएको जेसिज शिवराज अध्यक्ष विजय सापकोटाले बताउनुभयो ।
मंगलबार इलाका प्रशासन कार्यालयमा पुगि सुचना अधिकृत जगदिश अर्याललाई प्रदान गरिएको छ । सेवा लिन आउने ग्राहीले सेवा लिने क्षेत्रमा हिटर राखिने उहाँले जनाउनुभयो । जेसिज शिवराजका पुर्व अध्यक्ष सरोज पौडेल,अध्यक्ष विजय सापकोटा,उपाध्यक्ष वाइपि पौडेलको उपस्थिति रहेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया