Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

वाणगंगा नगरपालिका वडा नं ११ मा फुड फेस्टिबल महोत्सव सम्पन्न ।।

कपिलवस्तु पुस ८ बसन्ता भुसाल

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ११ ओदारीमा अवस्थित लिटिल स्टार सेकेन्डरी इङ्गलिस बोर्डिङ्ग स्कुलमा मंगलबार फुड फेस्टिबल महोत्सव सम्पन्न गरिएको छ । इन्टरनेशनल स्कूल अवार्ड (आइ.एस.ए) परियोजना प्रदेश नं ५ अन्र्तगत स्थानिय थारु खानाका परिकारहरु र अन्य स्थानिय खानाका परिकारहरु बनाई शिक्षकको क्रियाकलाप अन्र्तगत स्थानिय खाना महोत्सव सञ्चालन भएको हो । महोत्सवमा प्रदेश पाँचका सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सांसद पन्थीले विद्यालयले आई.एस.ए अर्थात इन्टरनेशनल स्कूल अवार्ड प्राप्त गर्न सफल होस भन्दै शुभकामना दिनुभयो । त्यस्तै नगरपलिका भित्र सबैकुराले सम्पन्न विद्यालयहरु हुँदा हुँदै पनि यहाँका विद्यार्थीहरु शिक्षा प्राप्त गर्न बाहिर जानु बिडम्बना भएको भन्दै वाणगंगा नगरपालिका शिक्षाका क्षेत्रमा कुनैपनि तवरबाट कमजोर नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले नगरपालिका र प्रदेश सरकार दुवै मिलेर लागेमा शिक्षामा अझ धेरै गुणस्तर आउने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ । त्यस्तै नगरपालिका शिक्षा शाखा प्रमुख बावुराम भट्टराई, नगर प्रमुख मंगलप्रसाद थारु, उप प्रमूख चक्रपाणी अर्याल र शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न परिकारका खानाको प्रर्दशनी गरिएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरु,जनप्रतिनिधी,समाजसेवी बुद्धिजीबीहरु लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP