Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता

 समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

मंगलबार सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको समाजवादीले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । संविधान संशोधनका लागि सरकार तयार नभएपछि समर्थन फिर्ता लिएको पार्टी अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।

प्रधानमन्त्री आफैँले गरेको सहमतिबाट एकलौटी रुपमा पछि हटेपछि सरकारमा बस्नुकाे औचित्य सकिएको उहाँले बताउनुभयो । ‘सरकारमा सहभागी हुँदा संविधान संशोधन गर्नेगरी विभिन्न आन्दोलनमा उठेका मुद्धाहरु, राष्ट्रिय सवालहरुलाई हल गर्दै संविधानमा भएका कमी कमजोरी हटाउने भन्ने स्पष्ट सहमित भएको थियो । हामीले पटक पटक भन्यौँ । पार्टीको प्रतिनिधिमण्डल नै बनाएर प्रधानमन्त्रीलाई संविधान संशोधनका लागि स्मरण गरायौँ’, उहाँले भन्नुभयो, ‘संविधान संशोधनका लागि भएको सहमति त कार्यान्वयन भएन, उल्टो नीति निर्माण, बजेट निर्माण, कानुन बनाउँदा कुनै सहकार्य भएन । सहकार्यको संस्कृति लत्याएर एकलौटी निर्णय गर्दै गर्दै जाुनभयो ।’

अध्यक्ष यादवले मन्त्रिपरिषदमा संविधान संशोधनको प्रस्ताव नभएर आफूले संविधानमा भएको त्रुटिहरु केलाएर संशोधन गर्न संविधानविदहरुको विज्ञ टोली बनाएर अध्ययन छलफल गर्ने प्रस्तावलाई प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेपछि सरकारमा के गरी बस्ने ? भन्दै प्रश्न गर्नुयभो ।

यादवले सरकरलाई दिएको समर्थन फिर्ता लिएर अब प्रतिपक्षमा बसी प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय पार्टीले गरेको पनि बताउनुभयो ।

तराई मधेशका जिल्लाहरुमा तीव्र दमन भइरहेका बेला संविधानको घोषणा गरिएको स्मरण गर्दै उहाँले तराई मधेशमा संविधान दिवसको दिन ब्ल्याक आउट हुनुको कारण संविधानका कतिपय धाराहरु अस्वीकार्य रहेको बताउनुभयो ।

‘पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारको दुई तिहाइको दम्भ सकिएको छ । शासकीय स्वरुप, निर्वाचन प्रणाली, समावेशीताको सवालमा हाम्रो पार्टीको असहमति हो’, उहाँले भन्नुभयो ।

राष्ट्रिय जनता पार्टीसँग एकीकरणका लागि धेरै हदसम्म कुरा भएको केही प्राविधिक कुराहरु बाँकी रहेको उहाँले बताउनुभयो । राजपाले एकताका लागि राख्दै आएको मुख्य शर्त पूरा भएकोले अब राजपा कसरी अगाडि बढ्छ ? भन्नेमा एकताको खाका कोरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP