दाङ – बुधबार दाङका भएका दुई दुर्घटनामा २१ जना घाइते भएका छन् । घोराहीबाट लमही जाँदै गरेको बसको ब्रेक फेल हुँदा मुसोट खोलाको ओरालोमा बस दुर्घटना भएको हो ।
रा १ ख १४८९ नम्वरको बस बुधबार दिउँसो घोराही-लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका-३ मसोट खोलाको ओरालोमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका सूचना अधिकारी उत्तमकुमार जिसीले जानकारी दिएका छन् ।
उनका अनुसार दुर्घटनामा १९ जना यात्रुहरु घाइते छन् । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा ३२ जना यात्रुहरु रहेको भए पनि अरुको अवस्था सामन्य रहेको सूचना अधिकारी जिसीले बताए ।
त्यसैगरी बुधबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत देउखुरीमा कार दुर्घटना भएको छ । विपरीत दिशाबाट आउँदै गरेका दुई वटा कार देउखुरीको राप्ती गाउँपालिका वडा नं. ५ दोलाई खोलाको पुस नजिकै एकापसमा ठोक्किदा दुर्घटना भएको हो ।
बा १८ च १६२६ नम्बरको कार र यूपी २ ९२९१ नम्बरको भारतीय नम्बर प्लेटको कार एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा सामन्य घाइते भए पनि मानवीय क्षेती नभएको सूचना अधिकारी जिसीले बताएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया