Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

देशभर ‘ड्राइ कोल्ड’, मौसमविद् भन्छन् : पानी पर्ने सम्भावना अझै छैन

काठमाण्डाै – समयमा पानी नपर्दा ‘ड्राइ कोल्ड’ अर्थात् सुख्खा चिसो बढेको छ ।

अहिले देशभर चिसो बढे पनि पानी नपर्दा प्रदूषणका कारण मौसम धुम्मिने गरेको छ ।

पहाडी क्षेत्रमा घाम लागे पनि वायुमण्डलमा प्रदूषण थुप्रिँदा सूर्यका किरण पर्याप्त मात्रामा पृथ्वीमा पर्न पाएको छैन । यसले गर्दा जमिन तात्न नपाएको र चिसो बढेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

पानी नपरेसम्म मौसम यस्तै रहने पनि उहाँले बताउनुभयो । मौसमविद्ले यसपालि खासै पानी पर्ने सम्भावना नरहेको बताएकाले प्रदूषणसँगै स्वास्थ्य समस्या र कृषिमा नोक्सानी पुग्न सक्ने अनुमान गरिएको छ । यसपालि हिमाली जिल्लामा पनि पर्याप्त हिमपात भएको छैन ।

यसले हिउँबाटै सिँचाइ हुने कृषि र बहुमूल्य जडिबुटीको उत्पादनमा कमी आउने देखिएको छ । पानी पार्ने गरी पश्चिमी वायुको प्रणाली प्रवेश नगर्दा अहिले चिसो हावा मात्रै लाग्ने गरेको छ । यस्तै, आज पनि तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो ३ बजेदेखि भने तराईका जिल्लामा लागेको हुस्सु हट्दै जाने तर राति फेरि लाग्ने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । आज काठमाण्डाैको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेकाे छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP