Trending
राजनीति प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस राजनीति पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक : सञ्चारमन्त्री शर्मा समाज कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु , ३ जना अस्पताल भर्ना राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो अन्तर्राष्ट्रिय यमनका हुथी विद्रोहीद्वारा इजरायलसँग जोडिएका सबै व्यापारिक जहाजमा आक्रमण गर्ने चेतावनी समाज ‘भिजनेवल’ गोष्ठीको आयोजना गरेर गाउँपालिकाको पञ्चवर्षीय लक्ष्य निर्माणमा पैयुँ स्वास्थ्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छ : उपकुलपति बस्नेत समाज

विद्यार्थीद्धारा नगरपालिका कार्यालयमा तोडफोड, दुई जना घाईते

सर्लाही । बरहथवा नगरपालिका कार्यालयमा बिद्यार्थीहरुले तोडफोड गरेका छन् ।

शुक्रवार सर्लाहीको बरहथवा नगरपालिका कार्यलयमा सोही नगर अन्तरगत वडा नम्बर ५ स्थित चक्रजनता सहिद गंगा माध्यामिक बिद्यालयका बिद्यार्थीहरुको समुहले नगरपालिका कार्यलयमा तोडफोड गरेका हुन् । बिद्यालयमा भौतिक सामाग्री राम्रो नभएको, बिद्यालयले समयमा किताव नदिएको, अतिरिक्त कृयाकलाप नगराएको तथा नियमित पठन पाठन समेत नभएको भन्दै बिद्यार्थीहरु आक्रोशित बनेका थिए ।

आक्रोशित बिद्यार्र्थीहरुको भिडले नारावाजी गर्दे नगरपालिका कार्यलयमा ढुंगामुडा गरेको नगरपालिका कार्यलयले जनाएको छ । बिद्यार्थीको ढुंगामुडाबाट नगरपालिकाको हातामा रहेको दराज, गमला, होडिङ बोर्ड, झयालको सिसा लगाएतमा क्षती पुगेको नगरपालिका कार्यलयले जनाएको छ । भने, बिद्यार्थीले गरेको ढुंगामुडाबाट नगरपालिकाका प्रशासन शाखा प्रमुख कमल प्रसाद पौडेलले चड्ने गरेको बा २० च ९३३७ नम्बरको कारको सिसा फुटेको प्रहरीले जनाएको छ ।

पटक पटक बिद्यालयमा नियमित पठन पाठन नभएको, अतिरिक्त कृयाकलाप अन्तरगत भ्रमण खर्च नदिएको र बिद्यालयमा भौतिक संरचना ब्यवस्थित नहुदा पठन पाठनमा समस्या भएको भन्दै बिद्यार्थीले बिद्यालय प्रशासन र नगरपालिकामा समेत ज्ञापन पत्र बुझाउदा पनि सुनवाई नभएको बिद्यार्थीहरुको आरोप छ । शैक्षिक भ्रमणको लागि भनेर उनिहरुले १ लाख २० हजार रुपैया मागँ गरेका थिए । तर बिद्यालय प्रशासनले भैतिक संरचना निर्माण गर्नु पर्ने भन्दै नदिने बताएको थियो । सोही बिषयलाई लिएर प्रधानाध्यापक र बिद्यार्थी विच बिवाद हुदै आएको थियो ।

यता बिद्यालयका प्रधानाध्यापक राम बहादुर राय यादवले बिद्यार्थीको नाममा घुसपैट भएको आरोप लगाएका छन् । बिद्यार्थीको मागँ संम्बोधन गर्ने तयारी गर्दे गर्दा केही ब्यक्तिले आफ्नो स्वार्थ पुरा गर्न बिद्यार्थी परिचालन गरेका उन्को भनाई छ । यसपहिला पनि सोही कुरालाई लिएर बिद्यार्थी र बिद्यालय प्रशासन बिच छलफल भएपनी सहमती हुन नसकेको प्रधानाध्यापक रायको दावी छ ।

बिद्यार्थीले भने आफुहरुले राखेको मागँ सम्बोधन गर्नु भन्दापनी उल्टै प्रधानाध्यापक रायले मान्छे बोलाएर कुटाउने भन्दै धम्की दिने गरेको बिद्यार्थीहरुको आरोप छ । शैक्षिक सत्र सुरुभएको यतिकको समय सम्मपनी बिद्यालयले पुस्तक उपलब्द नगराएको, बिद्यालयमा नियमीत पठन पाठन समेत नहुने गरेको सोही बिद्यालयमा कक्षा ११ मा अध्यनरत विबेक गुप्ताको आरोप छ ।

बिद्यार्थीको समुह उग्र बनेपछि नियन्त्रणमा लिन प्रहरी नै परिचाल गर्नु परेको थियो । घटना गलतै पुगेको प्रहरीटोलीले बिद्यार्थीको समुहलाई सम्झाईबुझाई गरेर बिद्यालय पठाएको ईलाका प्रहरी कार्यलय बरहथवाका प्रमुख डिएसपी उद्धव सिङ भाटले जानकारी दिए । तोडफोडको क्रममा घाईते एक बिद्यार्थीको टाउको फुटेको र एक जनाको खुट्टा भाचिएको बिद्यार्थीहरुको दावी छ । पटक अहिले घटना स्थिलको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको छ ।

घाईते बिद्यार्थीहरुको बरहथवा स्थित स्वास्थ्य संस्थामा उपचार भैरहेको परिवारजनले जनाएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP