Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

२१ जिल्लामा इन्टरनेट बन्द

काठमाण्डौ – नागरिकता संशोधन कानुन (सीएए) लाई लिएर भएको हिंसापछि उत्तर प्रदेश सरकारले शुक्रबार हुने जुमेको नमाजलाई लिएर २१ जिल्लाको इन्टरनेट सेवा बन्द गरेको छ । 

उत्तर प्रदेश पुलिसका डीजीपी ओपी सिंहले उत्तर प्रदेशको ७५ जिल्लामध्ये २१ वटा जिल्लामा शुक्रबार इन्टरनेट सेवा बन्द हुने जानकारी दिए । 

उनले भने, ‘राज्यमा कानुनी व्यवस्था पूरै नियन्त्रणमा छ, सुरक्षाबलको विभिन्न टिम जुटेको छ । हामीले २१ वटा जिल्लामा इन्टरनेट सेवा बन्द गरेका छौँ, स्थिति सामान्य हुँदै गएपछि इन्टरनेटमाथिको प्रतिबन्ध हटाइने छ ।’

नागरिकता संशोधन कानुनको विरोधमा सबैभन्दा हिंस्रक आन्दोलन उत्तर प्रदेशमा देखिएको थियो । प्रदर्शनको क्रममा उत्तर प्रदेशमा प्रदर्शनकारीको ज्यान पनि गएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार गएको हप्ता प्रहरी र प्रदशर्नकारीबीच भएको झडपमा ज्यान गुमाउने १६ जनामध्ये १४ जनाको गोली लागेर मृत्यु भएको हो । एक वरिष्ठ प्रहरी अधिकारीले यसबारेमा अखबारसँग भनेका थिए । 

प्रहरीले भने आफूहरुले प्लास्टिक र रबरको गोलीबाहेका अरुको प्रयोग नगरेको बताउँदै आएको छ । समाचार एजेन्सी एएनआईले उत्तर प्रदेशका एडीजी (कानुन व्यवस्था) पीवी रामा शास्त्रीको भनाइलाई उद्धृत गर्दै भनेको छ, ‘हामीले राज्यको अलग अलग जिल्लामा सुरक्षकर्मी तैनाथ गरेका छौँ र मानिसहरुसँग कुराकानी गरिरहेका छौँ ।’

गएको १९ देखि २१ डिसेम्बरसम्म भएको प्रदर्शनमा उत्तर प्रदेशको कैयौँ भागमा हिंसा भड्किएको थियो । प्रहरीले आफ्नो कारबाहीलाई सही दाबी गर्दै विरोध प्रदर्शनको दौरान दुई जना प्रदर्शनकारीमाथि गोलाबारी गरेको तस्बिर र भिडियो एक सिरिज जारी गरेको थियो । 

उपमुख्यमन्त्री दिनेश शर्माले यो हिंसाले प्रहरीमाथि पनि धेरै नोक्सान पुगेको दाबी गरेका थिए । उनले पत्रकारसँग भने, ‘२१ जिल्लामा भड्किएको हिंसामा दुई सय ८८ पुलिसकर्मी घाइते भए, जसमा ६२ जना गोली लागेर घाइते भए ।’ 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP