सुत्केरी महिलाको सेनाकाे हेलिकप्टरमार्फत उद्धार

बझाङ – बझाङको छबिसपाथीभेरा गाँउपालिका वडा नम्बर ४ की ३६ वर्षीया कविता दर्जीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

सुत्केरी हुन नसकेपछि जिल्ला अस्पतालमा अप्रेशन गरेर दर्जीको बच्चा निकालिएको थियो । दुई दिन अघि सुत्केरी बेथा लागेपछि जिल्ला अस्पतालमा पुग्नुभएकी दर्जीकाे याे छैँटौ बच्चा रहेकाे र अपरेशन गरेर निकाएको जिल्ला अस्पताल बझाङमा डाक्टर मिलन खड्काले बताउनु भयो ।

उहाँका अनुसार दुई दिन अघि नै अप्रेशन गरेर बच्चा निकाल्न भनिएको भए पनि उहाँका आफन्तहरुले नमान्दा अपरेशन गर्न नसकिएको थिएन ।

अन्तिम चरणमा बच्चा उल्टो भएर हात निस्किएपछि अपरेशन गर्नुपरेको अपरेशनपछि पाठेघर नखुम्चिएको र लगातार रगत बग्न थालेपछि सेनाकाे हेलिकप्टर मार्फत क्षेत्रीय अस्पताल सुर्खेतमा पुर्‍याइएकाे हो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP