Trending
समाज चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढ्यो समाज वृद्धाको हत्याका अभियुक्त साढे दुई वर्षपछि पक्राउ आर्थिक सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण राजनीति बैंकको ऋण नतिर्न उक्साउनेले अर्थतन्त्र नै स्लो बनाए : गभर्नर अन्तर्राष्ट्रिय घट्दो जनसंख्या चुनौती कि अवसर? राजनीति बैंक सबल र प्रभावकारी हुनुपर्छ : अर्थमन्त्री राजनीति कोशी र कर्णालीको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदै आर्थिक बाँकेका किसानसँग खाद्यले किन्यो ३२ हजार क्विन्टल धान अन्तर्राष्ट्रिय युद्धविरामपछि गाजामा ३ इजरायली बन्धक परिवारसँग पुगे राजनीति भीम रावललाई साथ दिने भन्दै ५९ जनाले छाडे एमाले

फेसबुकमा परिवर्तन : अकाउन्ट बिना म्यासेन्जर खोल्न नपाइने

सामाजिक सञ्जाल फेसबुकले म्यासेन्जरमा केही नयाँ परिवर्तन ल्याएको छ । अब प्रयोगकर्ताले म्यासेन्जर प्रयोग गर्नका लागि फेसबुक अकाउन्ट बनाउनै पर्ने भएको छ । यसअघि म्यासेन्जर एप चलाउन फेसबुक अकाउन्ट अनिवार्य थिएन र फोनबाटै खोल्न मिल्थ्यो । 

फेसबुकका प्रवक्ताले बेन्चरबीटलाई दिइएको जानकारी अनुसार यो नयाँ म्यासेन्जर प्रयोगकर्ताका लागि मात्रै हो । पहिले नै अकाउन्टबिना नै म्यासेन्जर खोलिसकेका प्रयोगकर्तालाई भने यसले असर गर्ने छैन ।  

यससँगै फेसबुकले ‘क्रस प्लेटफर्म म्यासेजिङ’ प्रणाली पनि विकासको तयारी गर्दैछ । फेसबुकले पहिले नै बताइसकेको छ कि म्यासेन्जर, इन्टाग्राम र ह्वाट्एपमा ‘क्रस प्लेटफर्म म्यासेजिङ’को अप्सन दिइनेछ । अर्थात् यो विशेषता आएपछि प्रयोगकर्ताले ह्वाट्सएपबाट इन्टाग्राममा सिधै म्यासेज गर्न सक्नेछन् । 

आफ्नै ‘अपरेटिङ सिस्टम’ ल्याउँदै फेसबुक 

फेसबुकले आफ्नै ‘अपरेटिङ सिस्टम’ पनि ल्याउँदैछ । जसले फेसबुकलाई प्रतिद्वन्द्वी कम्पनी एप्पलको आईओएस र गुगलको एन्ड्रोइडसँगको निर्भरता हटाउनेछ ।

त्यसका लागि फेसबुकले माईक्रोसफ्टका लागि ‘विन्डोज एन्टी अपरेटिङ सिस्टम’ बनाउने मार्क ल्यूकोवस्कीलाई जिम्मेवारी दिएको छ ।

फेसबुक हार्डवयेरका उप प्रमुख एड्रयू बोसवर्थले कम्पनीको अघिल्लो लक्ष्य अन्तरिक्ष रहेको साबित गर्नका लागि यो काम गरिएको बताए । उनले भने, ‘हामी अरु कोहीसँग निर्भर हुन चाहन्नौँ । हामीलाई चाहिने सबै कुरा हामी आफैँ गर्न चाहन्छौँ ।’ त्यसका लागि नयाँ ‘प्लान्ट’ बनिसकेको उनको भनाई छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP