Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

फेसबुकमा परिवर्तन : अकाउन्ट बिना म्यासेन्जर खोल्न नपाइने

सामाजिक सञ्जाल फेसबुकले म्यासेन्जरमा केही नयाँ परिवर्तन ल्याएको छ । अब प्रयोगकर्ताले म्यासेन्जर प्रयोग गर्नका लागि फेसबुक अकाउन्ट बनाउनै पर्ने भएको छ । यसअघि म्यासेन्जर एप चलाउन फेसबुक अकाउन्ट अनिवार्य थिएन र फोनबाटै खोल्न मिल्थ्यो । 

फेसबुकका प्रवक्ताले बेन्चरबीटलाई दिइएको जानकारी अनुसार यो नयाँ म्यासेन्जर प्रयोगकर्ताका लागि मात्रै हो । पहिले नै अकाउन्टबिना नै म्यासेन्जर खोलिसकेका प्रयोगकर्तालाई भने यसले असर गर्ने छैन ।  

यससँगै फेसबुकले ‘क्रस प्लेटफर्म म्यासेजिङ’ प्रणाली पनि विकासको तयारी गर्दैछ । फेसबुकले पहिले नै बताइसकेको छ कि म्यासेन्जर, इन्टाग्राम र ह्वाट्एपमा ‘क्रस प्लेटफर्म म्यासेजिङ’को अप्सन दिइनेछ । अर्थात् यो विशेषता आएपछि प्रयोगकर्ताले ह्वाट्सएपबाट इन्टाग्राममा सिधै म्यासेज गर्न सक्नेछन् । 

आफ्नै ‘अपरेटिङ सिस्टम’ ल्याउँदै फेसबुक 

फेसबुकले आफ्नै ‘अपरेटिङ सिस्टम’ पनि ल्याउँदैछ । जसले फेसबुकलाई प्रतिद्वन्द्वी कम्पनी एप्पलको आईओएस र गुगलको एन्ड्रोइडसँगको निर्भरता हटाउनेछ ।

त्यसका लागि फेसबुकले माईक्रोसफ्टका लागि ‘विन्डोज एन्टी अपरेटिङ सिस्टम’ बनाउने मार्क ल्यूकोवस्कीलाई जिम्मेवारी दिएको छ ।

फेसबुक हार्डवयेरका उप प्रमुख एड्रयू बोसवर्थले कम्पनीको अघिल्लो लक्ष्य अन्तरिक्ष रहेको साबित गर्नका लागि यो काम गरिएको बताए । उनले भने, ‘हामी अरु कोहीसँग निर्भर हुन चाहन्नौँ । हामीलाई चाहिने सबै कुरा हामी आफैँ गर्न चाहन्छौँ ।’ त्यसका लागि नयाँ ‘प्लान्ट’ बनिसकेको उनको भनाई छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP