Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

गाेलीकाण्ड र आक्रमणका हिसाबले अमेरिकी इतिहासकै खराब वर्ष

काठमाण्डौ – सन् २०१९ गोलीकाण्ड र आक्रमणका हिसाबले अमेरिकी इतिहासकै खराब वर्ष बनेको छ । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी), यूइसए टुडे तथा नर्थइस्टर्न विश्वविद्यायलयले सङ्कलन गरेको तथ्याङ्कले सन् २०१९ गोलीकाण्ड तथा आक्रमणका हिसाबले अमेरिकाका लागि अहिलेसम्मकै खराब वर्ष बनेको निष्कर्ष निकालेको हो । 

सन् २०१९ मा अमेरिकाको सार्वजनिक ठाउँमा ४१ वटा गोलीकाण्डका घटना हुँदा दुई सय ११ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै क्यालिफोर्निया राज्यमा मानिस मारिएका छन् । 

सन् २००६ देखि सार्वजनिक ठाउँमा भएका अन्धाधुन्ध गोलीकाण्डको तथ्याङ्क राख्न थालिएको हो । तर पछिल्लो पटक गरिएको अनुसन्धानमा सन् १९७० यताका आमगोली काण्डका घटनाको अध्ययन गरिएको बीबीसीले जनाएको छ । 

सन् २०१९ मा अमेरिकामा अरु वर्षको तुलनामा सबैभन्दा धेरै गोलीकाण्ड भए पनि ज्यान गुमाउने सन्दर्भमा सन् २०१७ अगाडि रहेको छ । सन् २०१९ मा दुई सय ११ जनाले ज्यान गुमाउँदा सन् २०१७ मा दुई सय २४ जनाले ज्यान गुमाएका थिए । 

सन् २०१७ को लास भेगासमा भएको गोलीकाण्डमा सबैभन्दा धेरै ५९ जनाले ज्यान गुमाएका थिए । यौ नै एउटै गोलीकाण्डमा धेरैले ज्यान गुमाएको घटना हो ।

सन् २०१९ को सबैभन्दा भयानक गोलीकाण्डको कुरा गर्ने हो मे महिनामा भने भर्जिनिया बिचमा भएको गोलीकाण्डमा १२ जनाको ज्यान गएको थियो भने अगस्ट महिनामा ईआई पासोमा भएको गोलीकाण्डमा २२ जनाको ज्यान गएको थियो । 

अन्य धेरै गोलीकाण्ड पनि भएका थिए तर ती समाचारमा आउन सकेनन् किनकि त्यसमा पारिवारिक कारण, लागु पदार्थ दुव्र्यसनी, सामूहिक हिंसा लगायतका कारण देखाइएको थियो ।   

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP