Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

खण्डहर बन्दै डोटेली दरबार

डोटी – डोटीमा रहेका पुराना डोटेली दरबारहरु दिनानुदिन खण्डहर बन्दै जान थालेका छन् ।

दिपायल सिलगढी नगरपालिका-३, वडा नम्बर-६ नाचनथलीमा रहेको डोटी गौडा दरवार तथा जोरायल गाउँपालिका–६, निरौलीमा रहेको पुरातात्विक महत्व र पर्यटकीय सम्भावना बोकेका दरबारहरु उचित संरक्षण नगरिँदा अस्तित्व मेटिँदै जान थालेको छ ।

दरबार संरक्षण गर्न केही पहल चालिए पनि खासै संरक्षण नगरिँदा अस्तित्व मेटिँदै जान थालेको स्थानीयवासीहरुको आरोप छ । ती दरबारहरुको समयमै उचित संरक्षण तथा सम्वर्द्धन गरिएको भए नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक उल्लेख्य मात्रामा भित्र्याउन सकिने स्थानीय कांग्रेस नेता घनश्याम पाठकले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दरबारको संरक्षण गर्ने भन्ने कुरोमात्रै सुनिन्छ तर खासै संरक्षण नगरिँदा पुरातात्विक महत्व र पर्यटकीय सम्भावना बोकेका दरबार भग्नावशेसमा परिणत हुदै छन् ।’

डोटी राज्यको दरबार अर्थात मूलगढ हालको महाकाली अञ्चल अन्तर्गत डडेलधुरा जिल्लाकाे अजयमेरुमा थियो । जसलाई अहिले पनि अजैमर कोट भनिन्छ । पहिला त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुँदै आएकोमा डोटेली राजा भूपति शाहीको शासनकालमा हालको दिपायलको पूर्वी भागतिर गनैर गौडा नामक डाँडामा राजदरबार अर्थात कोट निर्माण भएर त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुन थालेकाे स्थानीय वृद्धहरु बताउँछन् ।

यस ठाउँलाई अहिले पनि दिपायलकोट भनिन्छ । तत्कालीन डोटेली राजाको दरबारलाई कुनै पनि प्रयोजनमा ल्याउन नसकिएबाट दिनानुदिन जीर्ण हुन गइ हाल भग्नावशेषका रूपमा रहेका छन् । डोटी राजाको मूल दरबार अजमैरकोट हिउँदको समयमा ज्यादै चिसो हुने भएकाले शीतकालीन दरबारको रूपमा दिपायलमा कोट निर्माण भएर यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुन गएको राजपुरका स्थानीय तथा ८५ वर्षीय वृद्ध कुवेरजङ्ग शाहले बताउनुभयो ।

सन् १४३८ देखि सन् १४५० सम्म डोटी र कुमाउँको युद्धपछि त्रसित तत्कालीन राजा कल्याणमल्लले दिपायलकोटमा राजधानी सारेको विभिन्न शिलालेखमा उल्लेख गरेको पाइन्छ । युद्धमा पराजयको कारण दीप शाही भारतको सिंगाही पसेकाले शरणमा आएका उहाँका भाइ विष्णु शाहीलाई गोर्खालीको रजौटा बनाइयो ।

विष्णु शाहीपछि उहाँका जेठा छाेरा पहाडी शाही (द्वितीय) रजौटा भएका थिए । रजौटा डोटेली साहेब भनिने पदम विक्रम शाहका माइला छाेरा वर्ष ७९ का विष्णु शाहीदेखि पुर्ख्यौली जेठा छाेरा रजौटाका रूपमा रहिआएको भन्ने भनाइ छ । विष्णु शाही, पहाडी शाही (द्वितीय), बलदेव शाही, सुरजंग शाह, शमसेर बहादुर शाह,पदम विक्रम शाह,मोहन विक्रम शाह ।

यस प्रकार विसं २०१८ मा ‘राज्य रजौटा’ ऐन जारी भएपछि यहाँको रजौटा समाप्त हुन गएको थियो । तत्कालीन अन्तिम रजौटाका रूपमा मोहन बिक्रम शाह थिए ।

विसं २०१८ देखि रजौटा प्रथाको अन्त भए पनि डोटीको दिपायल राजपुरमा शाह खलकमा पुख्यौली जेठा छाेरालाई आदरपूर्वक सम्मान दिइनुका साथै बडा दशैँमा घरपरिवारका साथै खलकका बाल वयोवृद्ध सबैले उहाँका हातबाट टीका ग्रहण गर्ने चलन थियाे ।

उहाँले पनि पारिवारिक तथा खलकको रीतिरिवाजको परिधिमा रहनुपर्ने र त्यस नियमकाे अनुसरण नगरेमा खलक तथा परिवारले सम्मान नदिने प्रचलन अहिलेसम्म कायमै रहेको स्थानीय बुढापाकाहरु बताउँछन् ।

नेपाल एकीकरणअघि डोटी राज्यको राजधानी गोर्खालीबाट परास्त भएपछि अर्थात नेपाल एकीकरण पछि गोर्खालीहरूको शक्ति सञ्चय तथा प्रशासकीय केन्द्रको रूपमा डोटी मोहडा गौडाको केन्द्र, विसं २०१८ मा नेपाल अधिराज्यको राजनीतिक विभाजन अनुरूप डोटी जिल्लाको सदरमुकाम र विसं २०३८ मा सुदूर पश्चिम विकास क्षेत्रको (सेती महाकाली) विकास केन्द्रद्वारा प्रतिष्ठित हुँदै आएको हालको दिपायल सिलगढी नगरक्षेत्रले विसं २०३८ सालमा नगरपालिका परिणत भएको भन्ने स्थानीयको भनाइ छ ।

डोटीकाे दिपायल सिलगढी नगरपालिका-६, नाचन्थलीमा रहेको राणाकालीन दरबारको पनि उचित संरक्षण नगरिँदा भत्किन थालेको छ । जिल्लाको ‘मल्लो ढोका’ भनेर चिनिने यो दरबार उचित संरक्षणको अभावमा भग्नावशेसमा परिणत हुँदैछ । राणा शासनकालमा अहिले जिल्ला प्रशासन कार्यालय रहेको ठाउँलाई ‘तल्लो ढोका’ भन्ने गरिन्थ्यो भने ‘मल्लो ढोका’ दरबार बडा हाकिमको निवासको रुपमा प्रयोग हुने गरेको थियो ।

करिब ४० कोठा रहेको यो दरबार संरक्षण अभावमा भत्किन थालेको हाे । ‘मल्लो ढोका वरिपरी कोत गार्ड, सुसारे निवास, मनोरञ्जन घर, पूजा घरहरु निर्माण भएका छन् । ती घरहरु पनि भत्किन थालेका छन् । बहादुर शमसेर राणा बडा हाकिम भएका बेला त्याे दरबार स्थानीय व्यक्तिलाई बिक्री गरिएको थियो ।

यसकाे बिक्री भएकाे यकिन मिति भने पत्ता लाग्न सकेकाे छैन । तर बहादुरशमसेर विक्रम् सम्वत् १९९० को दशकमा डोटी गौणामा भएको यहाँका बुढापाकाहरु बताउँछन् ।

करिब ४६ रोपनी जमिन त्यति बेला १० हजार रुपैयाँमा सिलगढीका सुरत श्रेष्ठलाइ बिक्री गरेको भन्ने सुनेको स्थानीय सिद्धराज श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP