Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

२२ दिन अघि ताप्लेजुङबाट हराएकी युवतीकाे हत्या भएकाे खुलासा

ताप्लेजुङ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ चोकपुरकी मन्दिरा अधिकारीको हत्या आरोपमा पक्राउ परेका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मलेन गरी मन्दिराकाे घर चोकपुरमा बसेर स्थानीय गुप्तेश्वर माविमा अध्यापन गराउने रमेश अधिकारीलाई सार्वजनिक गरेको हो । आरोपित अधिकारी हत्या गरिएकी मन्दिराको दाजुका रुपमा मन्दिराकै घरमा बसेर २ वर्षसम्म गुप्तेश्वर माविमा अध्यापन गरेका र गएकाे वैशाखमा अन्यत्र सरुवा भएर गएकाे प्रहरीले जनाएको छ ।  

गएकाे मंसिर १७ गते बेलुका हराएकी मन्दिराकाे खाेजीका क्रममा २२ दिनपछि शंकाका आधारमा आरोपित रमेश अधिकारलाई प्रहरीले नियन्त्रण लिएर सोधपूछ गर्दा आफूले मारेर तमोर नदीमा फालेको बयान दिएका थिए ।

प्रहरीले मन्दिरा हराएको दिनदेखिको कलडिटेल तथा सम्पर्कमा आएका व्यक्तिमध्ये शंकास्पद व्यक्तिको खोजी गर्ने क्रममा त्रिवेणी गाउँपालिका-३, हाङपाङका रमेश अधिकारीलाई पक्राउ गरेको थियो । २७ वर्षीय अधिकारीले हत्याको आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ । 

आरोपित रमेशले भनेको आधारमा तमोर नदीको मित्ला पुल नजिकै रहेको जंगलमा मन्दिराले लगाएका चप्पल र लुगा भेटिएको समेत प्रहरीले जनाएकोछ । रमेशले मन्दिराको घाँटी थिचेर हत्या गरी पुलको बिचबाट तमोर नदीमा फालेको बयान दिएका थिए । हत्याकाे कारण भने अझै खुल्न सकेकाे छैन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP