Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

सांसद शाहलाई कार्वाही नगरेको भन्दै आन्दोलन

चन्द्रौटा, १३ पौष
कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहलाई कार्वाही नगरेको भन्दै स्थानियहरुले आन्दोलन गरेका छन । अभिनेता तथा राष्ट्रिय प्रजातन्त्र पाटी(सयुक्त)का केन्द्रिय सदस्य श्यामकुमार मिश्रालाई कुटपिट गरेको भन्दै स्थानियले कारवाहीको लागि माग गरेका छन । गत पुष ५ गते आफ्नै घरमा बोलाएर निर्घात कुटपिट गरेको सांसद शाहलाई आरोप लागेको छ ।
बुधवार देखी मिश्राका सर्मथकहरुले दैनिक रुपमा २ घण्टा चन्द्रौटा–कृष्णनगर सडकखण्डमा सवारी आवतजावतमा रोक लगाएका हुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नेतृत्वमा प्रहरीले सांसद शाह विरुद्धको मुद्धा दर्ता नगरेका आमहड्ताल गर्ने राप्रपा जिल्ला उपाध्यक्ष प्रेम संकर शुक्लाले बताउनुभयो । “यो पहिलो चरणको दबाव हो प्रशासनले कारवाही नगरे हामी आन्दोलनमा जान्छौं” शुक्लाले भन्नुभयो । प्रहरीले अहिले सम्म मुद्धा दर्ता नगर्नु अपराधीलाई संरक्षण गरेका भन्दै आक्रोश व्यक्त गर्नुभयो । सांसद शाहलाई नेपाली काग्रेसले बचाउन प्रयास गरिरहेको आरोप लगाइएको छ ।
सांसद शाह र उनका गाडीका चालक शशिकान्त कास्यपले कोठामा थुनेर कुटेको पीडित पक्षको भनाई रहेको छ । पटक पटक सांसद शाहले मिश्रालाई फोन गरेर बोलाएको कारण मिश्रा सांसद निवास पुगेको पीडित मिश्राले वताउनुभएको छ । मिश्राको शरीरमा गम्भीर चोटपटक भएका कारण बहादुरगंजमा रहेको शिवराज अस्पतालवाट बुटवल रिफर गरिएको थियो ।
मिश्राले सांसद शाह र उनका ड्राइभरले कुटपिट गरेको भन्ने जानकारी प्रहरीमा आएको कपिलवस्तुका प्रहरी उपरीक्षक दिपशम्शेर जबराले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको भन्दै दोषिलाई कारवाही गरिने उपरिक्षक जबराले वताउनुभयो ।
यता सांसद शाहले भने घटना भएको अर्का दिन विज्ञाप्ति सार्वजनिक गर्दै आफ्नो ड्राइभर र उनीबीच कुटपिट भएको तर आफुले न कुटेको बताउनुभयो । मिश्राले मदिरा सेवन गरेको कारण ड्राइभर सगँ बिवाद भएको वताउनुभएको छ । ‘मैले मिश्रा माथि हातपात तथा कुनै दुव्र्यवहार गरेको छैन,वरु श्याम मिश्राले नै मलाई अपशव्द प्रयोग गरी बेईज्जत गर्न खोजिएको हो’ सांसद शाहको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP