Trending
राजनीति सरकारमाथि खनिए विपक्षी दल, विशेष अधिवेशन माग्‍ने सम्मको चेतावनी राजनीति प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट राजनीति खुट्टा नकमाई ढुक्कले जलविद्युत्‌मा लगानी गर्नुस् : ऊर्जामन्त्री खड्का राजनीति राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण राजनीति फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्नुपर्छ : मन्त्री भण्डारी राजनीति विपक्षी दलहरूको बैठक : सरकारमाथि दबाब बढाउन संयुक्त वक्तव्‍य राजनीति राष्ट्रपति पौडेल आज मकवानपुर आउँदै समाज ‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायले जनायो आपत्ति flash सूचीकृत पसलको बिमा र संघको पैसा फिक्स गर्छु :  अध्यक्ष शर्मा राजनीति प्रधानमन्त्री ओलीले उद्‌घाटन गरे स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन

बाजुराका १ सय बालबालिकाले खाेप लगाउन पाएनन्

बाजुरा –  बाजुराका पूर्वाेत्तरका चार वटा पालिकाका बालबालिकालाई खाेप दिन काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएकाे रिफ्रेजेनेटर बिग्रँदा खोप सेवा प्रभावित भएको छ ।

पुसकाे पहिलो हप्ता सञ्चालन भएको खोप सेवा तीन वटा पालिकामा सञ्चालन भए पनि हिमाली गाउँपालिकामा भने खोप सेवा सुरु नै भएन । ‘हाम्रोमा भ्याक्सिन राख्ने फ्रिजले आइस बनाउन सकेको छैन, जसले गर्दा भ्याक्सिन सुरक्षित हुँदैन र यो नबनाउँदासम्म खोप सेवा सञ्चालन गर्न सकिँदैन’ कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख ओमजङ्ग शाहीले भन्नुभयाे । 

रिफ्रेजेनेटर बिग्रेको कुरा जिल्लामा भनेकाे र केन्द्रीय मेडिकल स्टोरका प्राविधि आएपछि मात्र बन्ने उहाँले बताउनुभयाे । यस क्षेत्रमा हरेक वर्ष केही न केही बहानामा बालबालिकाले खोप सेवा पाउँदैनन् ।

‘गाउँपालिकाकाे ६ र ७ नम्बर वडाका एक सय बालबालिका छुटेका छन् । उनीहरुले पुस महिनामा पाउनुपर्ने सबै किसिमका खोपहरु पाएका छैनन्’, हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले भन्नुभयाे ।  

भण्डारी बताउनुहुन्छ, ‘हिमाली गाउँपालिकामा खोप भण्डारण गर्न आवश्यक रिफ्रेजेनेटर चलाउन सक्ने विद्युतीय स्राेत नभएको र बाजुरा जिल्लाका पहिलेका उत्तरी क्षेत्रमा रहेका ११ गाउँ विकास समितिको लागि भ्याक्सिन कोल्टी प्राथमिक केन्द्रमा स्टोर गर्ने गरेको र रिफ्रेजेनेटर बिग्रिएकोले यस्तो समस्या आएको हो ।’

उहाँ भन्नुहुन्छ, ‘खाेप सेवा अति नै संवेदनशील सेवा भएकाले यो महिना खोप लगाउन छुटेका सबै बालबालिकालाई अर्को महिनाको खोप क्लिनिक सञ्चालन गर्दा खोप सेवा दिने व्यवस्था मिलाउने छौँ । हामीले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा खोपसँगै स्वास्थ्यकर्मी पठाएका थियौँ तर भ्याक्सिन कोल्डचेन मेन्टेन नभएको कारण जोखिमता नलिने निर्णय गरी यो महिनाको खोप सेवा स्थगन गरिएको हो  ।’

भ्याक्सिन स्टोरेज गर्न २४ सैँ घन्टा कोल्डचेन मेन्टेन गर्नुपर्ने हुन्छ । यस्को लागि २५ डिग्रीसम्मको तापक्रम कायम राख्न सक्ने क्षमताको रेफ्रेजेनेटर र त्यहीअनुसारको विद्युत् अथवा सोलार पावर आवश्यक हुन्छ ।

तर यसकाे लागि पालिकासँग स्राेत नभएको र प्रदेश सरकार तथा सङ्घीय सरकारसँग सहयोग मागे पनि कसैले चासो नदेखाउँदा यस्ताे भएकाे पालिकाकाे दाबी छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP