Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

उखु किसानलाई भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्ने

काठमाण्डाै – गृह मन्त्रालयले उखु किसानको बक्यौता नतिर्ने उद्योगीलाई पक्राउ गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा प्रहरीलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले उज्यालोलाई जानकारी दिनुभयो । दुवै मन्त्रालयले उखु किसानको पैसा नदिने व्यापारीमाथि कारबाहीका लागि हिजो गृह मन्त्रालयलाई पत्र पठाएका थिए ।

व्यापारीहरु सम्पर्कमा नरहेको भन्ने जानकारीका आधारमा खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन निर्देशन दिएको प्रवक्ता शर्माले बताउनुभयो । श्रीराम, अन्नपूर्ण, इन्दिरा, लुम्बिनी, महालक्ष्मी र वाग्मती सुगर मिलले किसानलाई भुक्तानी दिएका छैनन् । उनीहरू सबैबाट गरी किसानले १ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको उखु किसानले बताएका छन् ।

रौतहटमा रहेको श्रीराम सुगर मिलले  सबैभन्दा धेरै ४२ करोड रुपैयाँ तिर्न बाँकी छ । श्रीरामका सञ्चालक हितेश गोल्छा र विशाल अग्रवाल हुन् । यस्तै सर्लाहीको अन्नपूर्ण चिनी मिलले ४० करोड तिर्न बाँकी छ । अन्नपूर्णका सञ्चालक राकेश अग्रवाल हुन् । ईन्दिरा सुगर मिलले १० करोड तिर्न बाँकी छ । ईन्दिराका सञ्चालक पनि राकेश अग्रवाल हुन् । स्वर्गीय मनिष अग्रवाल सञ्चालक रहेको लुम्बिनी सुगर मिलले १० करोड रुपैयाँ तिर्न बाँकी छ ।

यस्तै विरेन्द्र कनोडिया सञ्चालक रहेको महालक्ष्मी सुगर मिलले २० करोड र राम थापा र जगदिश अग्रवाल सञ्चालक रहेको वागमती सुगर मिलले ११ करोड तिर्न बाँकी छ । सर्लाही र रौतहटका झण्डै डेढ सय किसान यतिबेला काठमाण्डौमा आएका छन् । ऋण गरेर आन्दोलन गर्न काठमाण्डौ आएको बताउने किसान न्याय नपाइ घर नफर्किने बताउँदै आएका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP