Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

संक्रमित बिरुवा निकासी तथा पैठारी गर्नेलाई १ लाख ५० हजारसम्म जरिबाना

काठमाण्डाै – संक्रमित बिरुवा वा बिरुवाजन्य उपज निकासी तथा पैठारी गर्नेलाई ५० हजार देखि १ लाख ५० हजारसम्म जरिबाना हुने भएको छ । 

बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक पास भए संक्रमित बिरुवा वा बिरुवाजन्य उपज निकासी तथा पैठारी गरेमा, जानी जानी वा लापर्वाहीपूर्वक सङ्क्रमित बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तुको संसर्ग स्वस्थ बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तुसँग गराएमा एक लाख ५० हजारसम्म जरिवाना हुने व्यवस्था गर्न लागिएको हो । हाल यो विधेयक कृषि समितिमा दफावार छलफलको क्रममा रहेको छ ।

त्यसैगरी संक्रमित बिरुवा वा बिरुवाजन्य उपज बिक्री वितरण गरेमा, सङ्क्रमित बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तु तोकिएको प्रक्रिया नपुर्‍याइ नष्ट गरेमा, संक्रमित बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तु निरीक्षक वा कार्यालय प्रमुखको स्वीकृतिबिना क्वारेन्टाइन स्थलबाट हटाएमा पनि जरिबाना हुने व्यवस्था गर्न लागिएको छ ।

यसअघि त्यस कसुर अन्तर्गत १० हजार देखि ५० हजारसम्म जरिबाना तोकिएको थियो ।

समितिमा मंगलबार विज्ञहरुसँग विधेयकमाथि छलफल गरिएको छ । छलफलमा विज्ञ गोविन्द घिमिरेले स्वविवेकले जरिवाना गर्ने अधिकार धेरे भएको बताउनुभएको छ । ‘२५ हजार देखि ५० हजारसम्म भनिएको छ । २५ हजारको ग्याप धेरै भयो । यसलाई कन्ट्रोल गर्नुपर्छ । स्वविवेकी अधिकारले दुवै पक्षलाई नोक्सानी गर्छ र राज्यलाई पनि घाटा गर्छ’, उहाँले भन्नुभयो ।

छलफलका क्रममा अर्का विज्ञ राजन शर्मा

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP