काठमाण्डाै – नेपालमा आज एक हजार पाँच सयभन्दा बढी शिशु जन्मने संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय बाल आपतकालीन काेषा (युनिसेफ) ले जनाएको छ ।
दक्षिण एसियाली देशमा आज ९७ हजार ३ सय ५५ बच्चा जन्मनेमा नेपालमा मात्रै एक हजार ५ सय ६७ शिशु जन्मने देखिएको युनिसेफले जनाएको छ ।
नयाँ वर्षको दिनमा विश्वमा ३ लाख ९२ हजार ७८ जना शिशु जन्मनेमा दक्षिण एसियामा २५ प्रतिशत जन्मने छन् । युनिसेफका अनुसार आज दक्षिण एसियामा सबैभन्दा धेरै भारतमा ६७ हजार ३ सय ८५ शिशु जन्मनेछन् ।
त्यसपछि क्रमशः पाकिस्तानमा १६ हजार ७ सय ८७, बंगलादेशमा ८ हजार ९३, अफगानिस्तानमा ३ हजार ३ सय ८७, नेपालमा १ हजार ५ सय ६७, श्रीलङ्कामा ८ सय ८२, भुटानमा ३६ र माल्दिभ्स्मा १८ जना जन्मने देखिएको हो ।
तर यी आठ देशमा झण्डै १० लाख शिशुले समय नपुगि जन्मिएर, शिशु जन्मने बेलामा हुने समस्या र सङ्क्रमणका कारण एक महिनामै ज्यान गुमाउने गरेका देखिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया