Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

नेपालमा आज १५ सयभन्दा बढी शिशु जन्मने छन् : युनिसेफ

काठमाण्डाै – नेपालमा आज एक हजार पाँच सयभन्दा बढी शिशु जन्मने संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय बाल आपतकालीन काेषा (युनिसेफ) ले जनाएको छ ।

दक्षिण एसियाली देशमा आज ९७ हजार ३ सय ५५ बच्चा जन्मनेमा नेपालमा मात्रै एक हजार ५ सय ६७ शिशु जन्मने देखिएको युनिसेफले जनाएको छ ।

नयाँ वर्षको दिनमा विश्वमा ३ लाख ९२ हजार ७८ जना शिशु जन्मनेमा दक्षिण एसियामा २५ प्रतिशत जन्मने छन् । युनिसेफका अनुसार आज दक्षिण एसियामा सबैभन्दा धेरै भारतमा ६७ हजार ३ सय ८५ शिशु जन्मनेछन् ।

त्यसपछि क्रमशः पाकिस्तानमा १६ हजार ७ सय ८७, बंगलादेशमा ८ हजार ९३, अफगानिस्तानमा ३ हजार ३ सय ८७, नेपालमा १ हजार ५ सय ६७, श्रीलङ्कामा ८ सय ८२, भुटानमा ३६ र माल्दिभ्स्मा १८ जना जन्मने देखिएको हो ।

तर यी आठ देशमा झण्डै १० लाख शिशुले समय नपुगि जन्मिएर, शिशु जन्मने बेलामा हुने समस्या र सङ्क्रमणका कारण एक महिनामै ज्यान गुमाउने गरेका देखिएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP