Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ

काठमाण्डाै – स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीको परिचयपत्र नक्कली बनाइ बिक्री गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय अपराध नियन्त्रण महाशाखा र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले उनीहरुलाई काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । पक्राउपर्नेमा सर्लाहीका दीपक ब्लोन, बुद्धिबहादुर रोक्का, काठमाण्डौ बौद्धका अशोक कार्की, बाराको सिमराका मोहन यादव र काठमाण्डौ लाजिम्पाटका कुमार तण्डुकार रहेको महाशाखाकाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । 

पुस १५ गते पुतलीसडकबाट दीपक ब्लोनसँग नक्कली स्मार्ट लाइसेन्स फेला परेपछि सोधपुछ गर्दा गिरोह संलग्न रहेको फेला परेको हो । प्रहरीका अनुसार सुवास भन्ने बुद्धिबहादुर रोक्काले न्यूरोडमा रहेकाे आफ्नो आशिष स्टुडियोमा डिजाइनिङ गरी काठमाण्डौको न्यूरोडमै रहेकाे फोटो कन्सर्न प्रालिबाट नक्कली सवारी अनुमतिपत्र  निकाल्ने गरेको खुल्न आएको छ ।

नक्कली लाइसेन्स बनाउन रोक्काले ३० हजार रुपैयाँ लिने गरेको पनि खुल्न आएको छ ।

रोक्काबाट दीपक ब्लोनको नामको स्मार्ट लाइसेन्स, विभिन्न व्यक्तिको नक्कली लाइसेन्स, नागरिकताका प्रमाणपत्र, भारत सरकारको आधार कार्ड बरामद भएको छ । फोटो कन्सर्न प्रालिले विभिन्न व्यक्तिको सरकारी लिखत डिजाइन गरी बिक्री गर्ने गरेकाेसमेत प्रहरीले जनाएको छ । 

अनुसन्धानका क्रममा लक्ष्मण झाँक्रीको नामको लाइसेन्स, उनकै नामको सशस्त्र प्रहरी जवानको परिचयपत्र, विभिन्न कलेजको परिचयपत्र, प्रिन्टर, हाडड्राइभ सर्भरसमेत बरामद गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP