Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा उल्लेख्य सफलता हासिल गरेको वैदेशिक रोजगार विभागको दावी

वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०७६÷०७७ को पहिलो चौमासिकमा उल्लेख्य सफलता हासिल गरेको दावी गरेको छ । विभागले आर्थिक वर्षको प्रथम चौमासिक साउनदेखि कात्तिकसम्मको प्रगति समेटेर तयार पारेको प्रतिवेदनमा यस्तो दावी गरेको हो । वैदेशिक रोजगारीका विकृति तथा विसंगति उन्मुलन गर्न विभागले संस्थागत सुशासनका प्रयासका साथै अनुगमन, राहत उद्धार तथा ठगी नियन्त्रणमा सक्रिय रुपमा काम गर्दै आएको प्रतिवेदनमा उल्लेख छ । सबैको सुझाव सल्लाह अनुसार नै अघि बढेर काम गरेकाले उल्लेख प्रगती हासिल गरेको विभागका महानिर्देशक डाक्टर भिष्मकुमार भुषालले बताउनुभयो । विभागले केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७५ बाट वैदेशिक रोजगार ऐन २०६४ को दफा ११ (१) र (२) मा भएको संशोधित व्यवस्थाबमोजिम २०७६ भदौ १८ गतेसम्म दुइ सय ९७ संस्था एक आपसमा गाभिएर आठ सय ५३ म्यानपावर कम्पनीले धरौटी वृद्धि गरेका छन् । यी दुवै प्रकृयामा नजाने तीन सय तीन वटा म्यानपावर खारेज भएका छन् । विभागले म्यानपावर व्यवसायीका शेयरधनी तथा कर्मचारीको विवरण विभागको वेबसाइटमा राखेको छ । विभागले यसै अवधिमा वैदेशिक रोजगार व्यवसायमा आबद्ध एजेन्ट खारेज गरेको छ । विभागमा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा पाँच सय दुइ उजुरी दर्ता भएका मध्येबाट ९६ प्रशित अर्थात चार सय ८४ उजुरी फस्र्योट गरेको छ । पाँच सय दुइ संस्थागत उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्षको प्रथम चौमासिकमा कुल चार सय ५६ उजुरी दर्ता भएका मध्ये ३० प्रतिशत अर्थात एक सय ३७ उजुरी फरफारक भएका थिए । यस वर्षको प्रथम चौमासिकमा १३ करोड ७६ लाख ८५ हजार आठ सय भन्दा बढी विगो दावी गरिएको मध्इे विभागले तीन करोड ४२ लाख ८३ हजार विगो भराएको छ । विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विद्युतीय श्रम स्वीकृतिको दिन थालेको छ । यस्तै विद्युतीय पालो (ई–टोकन) प्रणालीसमेत लागू भएको छ । यस व्यवस्थाबाट श्रमिक श्रम कार्यालयमा दिनहुँ धाउनु धाएर लाइन बस्नुपर्ने अवस्था अन्त्य भएको छ । चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रोजगारीको खोजीमा खाडीलगायत विभिन्न मुलुकमा कुल एक लाख ५८ हजार सात सय ७८ श्रमिक अन्तिम श्रम स्वीकृति लिएर विदेशिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP