Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

काठमाडौं उपत्यकाको भूमिगत पानी कम हुँदै, जमिन भासिने जोखिम बढ्दै ।।

काठमाण्डौं उपत्यकामा जनघनत्व बढ्दै जाँदा पानीको अभाव पनि चुलिदै गएको छ । घरको धारामा पानी आउँदैन, इनार पनि सुक्न थालेको छ । उपत्यकाका खोला, नाला र कुँवाहरु फोहोर मात्रै होइन, लोप हुने स्थितिमा पुगेका छन् । जसका कारण उपत्यकाबासीलाई पानीको अभाव त भएको छ नै जमिनमुनिको पानी समेत सकिदै जाँदा जमिनै भासिने चिन्ता थपिएको छ । कतिपय काठमाण्डौंबासीको दैनिकी पानीको जोहो गर्दैमा बित्न थालेको छ । खानेपानी विभागका अनुसार काठमाडौं उपत्यकामा प्रत्येक दिन ३६ करोड लिटर पानीको माग छ । तर जमिनमुनिको पानी सकिदै जाँदा पानी आपुर्तिमा पनि समस्या भएको छ । जलाधार विज्ञहरुका अनुसार भूमिगत पानी औसतमा वार्षिक एक मिटरका दरले घट्दो अवस्थामा छ । प्राकृतिक सम्पदाका विज्ञ डा. केशवराज कँडेलले भूमिगत पानी तान्ने क्रम बढेपछि जमिन खाली हुँदा धर्ती भासिने जोखिम बढ्दै गएको बताउनुभयो । उहाँले यसको समयमै नियन्त्रण भएन भने उपत्यका नै नरहने भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो । डा.कँडेलले काठमाडौं उपत्यकाको जमिनमुनिको पानी तान्ने क्रम बढेकै कारण धारामा पानी नआउने, इनार पनि सुक्दै गएको बताउनुभयो । उहाँले जमिनमुनिको पानी कम हुनुमा जलवायू परिवर्तन पनि एक कारण रहेको बताउनुभयो । जमिनमुनिको पानी सञ्चित गर्नका लागि सरकार मात्रै नभएर नागरिकपनि सचेत हुनु पर्ने उहाँको भनाइ छ । काठमाण्डौं उपत्यकामा पहिले बस्ति पातलो थियो । टोल, टोलमा ढुङ्गे धारा थिए । खेतबारी थियो । जमिनमा परेको पानी मुनि सम्म पुग्थ्यो । अहिले सबैतिर घर र पक्कि सडक बन्दा आकाशबाट परेको पानी जमिनको मुनि पुग्न पाउँदैन । जसको कारण जमिनमुनि पानी सञ्चित हुने क्रम घटेको छ । उपत्यकाबासीलाई पानी व्यवस्थापनको लागि सरकारले अध्ययन सुरु गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेश कुमार शाक्यले सीआईएनसँग कुराकानी गर्दै काठमाडौं उपत्यकाको नागार्जुन क्षेत्रमा पानीको ठूलो स्रोत रहेको पाइएको र त्यस विषयमा अध्ययन सुरु भएको बताउनुभयो । उहाँले नागार्जुनमा रहेको पानीले भविष्यमा काठमाडौं उपत्यकामा काम लाग्ने भएकाले चीनिया सरकारसँग सम्झौता गरेर अध्ययनको काम सुरु हुने बताउनुभयो । प्रवक्त शाक्यले खानेपानी विधेयकमा पनि उपत्यकाको भूमिगत पानीको विषयमा व्यवस्था गर्ने र नीतिपनि बनाइने जानकारी दिनुभयो । उपत्यकामा केही वर्षअघि १ सय फिटमा भेटिने भूमिगत पानीको सतह अहिले १ सय ५० फिट तल पुगिसकेको छ । जमिनमुनिको पानी सकिँदै जाँदा उपत्यकाबासी पानीको जोहो गर्ने मात्रै होइन जमिनै भासिने चिन्ता पनि बोकिरहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP