Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

काठमाडौं उपत्यकाको भूमिगत पानी कम हुँदै, जमिन भासिने जोखिम बढ्दै ।।

काठमाण्डौं उपत्यकामा जनघनत्व बढ्दै जाँदा पानीको अभाव पनि चुलिदै गएको छ । घरको धारामा पानी आउँदैन, इनार पनि सुक्न थालेको छ । उपत्यकाका खोला, नाला र कुँवाहरु फोहोर मात्रै होइन, लोप हुने स्थितिमा पुगेका छन् । जसका कारण उपत्यकाबासीलाई पानीको अभाव त भएको छ नै जमिनमुनिको पानी समेत सकिदै जाँदा जमिनै भासिने चिन्ता थपिएको छ । कतिपय काठमाण्डौंबासीको दैनिकी पानीको जोहो गर्दैमा बित्न थालेको छ । खानेपानी विभागका अनुसार काठमाडौं उपत्यकामा प्रत्येक दिन ३६ करोड लिटर पानीको माग छ । तर जमिनमुनिको पानी सकिदै जाँदा पानी आपुर्तिमा पनि समस्या भएको छ । जलाधार विज्ञहरुका अनुसार भूमिगत पानी औसतमा वार्षिक एक मिटरका दरले घट्दो अवस्थामा छ । प्राकृतिक सम्पदाका विज्ञ डा. केशवराज कँडेलले भूमिगत पानी तान्ने क्रम बढेपछि जमिन खाली हुँदा धर्ती भासिने जोखिम बढ्दै गएको बताउनुभयो । उहाँले यसको समयमै नियन्त्रण भएन भने उपत्यका नै नरहने भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो । डा.कँडेलले काठमाडौं उपत्यकाको जमिनमुनिको पानी तान्ने क्रम बढेकै कारण धारामा पानी नआउने, इनार पनि सुक्दै गएको बताउनुभयो । उहाँले जमिनमुनिको पानी कम हुनुमा जलवायू परिवर्तन पनि एक कारण रहेको बताउनुभयो । जमिनमुनिको पानी सञ्चित गर्नका लागि सरकार मात्रै नभएर नागरिकपनि सचेत हुनु पर्ने उहाँको भनाइ छ । काठमाण्डौं उपत्यकामा पहिले बस्ति पातलो थियो । टोल, टोलमा ढुङ्गे धारा थिए । खेतबारी थियो । जमिनमा परेको पानी मुनि सम्म पुग्थ्यो । अहिले सबैतिर घर र पक्कि सडक बन्दा आकाशबाट परेको पानी जमिनको मुनि पुग्न पाउँदैन । जसको कारण जमिनमुनि पानी सञ्चित हुने क्रम घटेको छ । उपत्यकाबासीलाई पानी व्यवस्थापनको लागि सरकारले अध्ययन सुरु गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेश कुमार शाक्यले सीआईएनसँग कुराकानी गर्दै काठमाडौं उपत्यकाको नागार्जुन क्षेत्रमा पानीको ठूलो स्रोत रहेको पाइएको र त्यस विषयमा अध्ययन सुरु भएको बताउनुभयो । उहाँले नागार्जुनमा रहेको पानीले भविष्यमा काठमाडौं उपत्यकामा काम लाग्ने भएकाले चीनिया सरकारसँग सम्झौता गरेर अध्ययनको काम सुरु हुने बताउनुभयो । प्रवक्त शाक्यले खानेपानी विधेयकमा पनि उपत्यकाको भूमिगत पानीको विषयमा व्यवस्था गर्ने र नीतिपनि बनाइने जानकारी दिनुभयो । उपत्यकामा केही वर्षअघि १ सय फिटमा भेटिने भूमिगत पानीको सतह अहिले १ सय ५० फिट तल पुगिसकेको छ । जमिनमुनिको पानी सकिँदै जाँदा उपत्यकाबासी पानीको जोहो गर्ने मात्रै होइन जमिनै भासिने चिन्ता पनि बोकिरहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP