Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

कश्मीर : ‘सर्च अपरेसन’का क्रममा ज्यान गुमाउने जवान गाेरखाका अर्जुन थापामगर

काठमाण्डौ – कश्मीरको राजोरी जिल्लाको नियन्त्रण रेखा (एलओसी) नजिक नौशेरा क्षेत्रमा बुधबार भारत र पाकिस्तानबीचको दोहोरो सङ्घर्षमा दुई जना सैनिकको ज्यान गएको थियो । 

दोहोरो सङ्घर्षमा ज्यान गुमाउनेमा एक जना नेपाली पनि रहेका छन् । सङ्घर्षमा गोरखा जिल्लाकाे विकट रिप गाउँका २५ वर्षीय जवान अर्जुन थापामगर र महाराष्ट्रको सताराका २९ वर्षीय सन्दीप सावन्त रघुनाथको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । 

दुवै जवानको शव नौशेरा अस्पतालमा पोस्टमार्टमका लागि राजोरी पठाइएको छ । दुवै जनालाई श्रद्धाञ्जली दिइएपछि उनीहरुको शव आआफ्नो घर पठाइनेछ । 

केही दिनदेखि कश्मीरमा आतंकवादी घुसेपछि तीन जना संदिग्ध देखिएपछि गएको मङ्गलबारदेखि सुरक्षा बलले पूरै इलाकामा ‘सर्च अपरेसन’ चलाएका थिए । 

तीन जना आतंकवादीलाई सुरक्षा बलले नियन्त्रणमा लिएका छन् । मंगलबार बिहान सुरक्षा बलले मंगलादेई क्षेत्रमा तीन जना संदिग्धलाई देखेका थिए । त्यसपछि सुरक्षा बलले पूरै इलाकामा सर्च अपरेसन चलाएको थियो ।  

साँझसम्म पनि संदिग्धका बारेमा केही थाहा पाइएको थिएन । तर बुधबार उनीहरुले ने फाइरिङ सुरु गरेपछि सुरक्षा बलले पनि जवाफी कारबाही सुरु गरेको थियो ।

यसैबीच आतंकवादीको गोली लागेर अर्जुन र सन्दीप घाइते भएका थिए । उनीहरुलाई तत्काल उपचारका लागि अस्पताल पुर्याए पनि उनीहरुको मृत्यु भयो । 

सैन्य प्रवक्ता कर्णेल देवेन्द्र आनन्दले नौशेरा क्षेत्रमा घेराबन्दी र खोजतलाश अभियानमा दुई जना जवान शहीद भएको बताएका छन् । अहिले पनि खोजतलाश अभियान जारी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP