Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

कश्मीर : ‘सर्च अपरेसन’का क्रममा ज्यान गुमाउने जवान गाेरखाका अर्जुन थापामगर

काठमाण्डौ – कश्मीरको राजोरी जिल्लाको नियन्त्रण रेखा (एलओसी) नजिक नौशेरा क्षेत्रमा बुधबार भारत र पाकिस्तानबीचको दोहोरो सङ्घर्षमा दुई जना सैनिकको ज्यान गएको थियो । 

दोहोरो सङ्घर्षमा ज्यान गुमाउनेमा एक जना नेपाली पनि रहेका छन् । सङ्घर्षमा गोरखा जिल्लाकाे विकट रिप गाउँका २५ वर्षीय जवान अर्जुन थापामगर र महाराष्ट्रको सताराका २९ वर्षीय सन्दीप सावन्त रघुनाथको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । 

दुवै जवानको शव नौशेरा अस्पतालमा पोस्टमार्टमका लागि राजोरी पठाइएको छ । दुवै जनालाई श्रद्धाञ्जली दिइएपछि उनीहरुको शव आआफ्नो घर पठाइनेछ । 

केही दिनदेखि कश्मीरमा आतंकवादी घुसेपछि तीन जना संदिग्ध देखिएपछि गएको मङ्गलबारदेखि सुरक्षा बलले पूरै इलाकामा ‘सर्च अपरेसन’ चलाएका थिए । 

तीन जना आतंकवादीलाई सुरक्षा बलले नियन्त्रणमा लिएका छन् । मंगलबार बिहान सुरक्षा बलले मंगलादेई क्षेत्रमा तीन जना संदिग्धलाई देखेका थिए । त्यसपछि सुरक्षा बलले पूरै इलाकामा सर्च अपरेसन चलाएको थियो ।  

साँझसम्म पनि संदिग्धका बारेमा केही थाहा पाइएको थिएन । तर बुधबार उनीहरुले ने फाइरिङ सुरु गरेपछि सुरक्षा बलले पनि जवाफी कारबाही सुरु गरेको थियो ।

यसैबीच आतंकवादीको गोली लागेर अर्जुन र सन्दीप घाइते भएका थिए । उनीहरुलाई तत्काल उपचारका लागि अस्पताल पुर्याए पनि उनीहरुको मृत्यु भयो । 

सैन्य प्रवक्ता कर्णेल देवेन्द्र आनन्दले नौशेरा क्षेत्रमा घेराबन्दी र खोजतलाश अभियानमा दुई जना जवान शहीद भएको बताएका छन् । अहिले पनि खोजतलाश अभियान जारी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP