Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

एनसेल ‘रिचार्जमा चमत्कार’ : दुर्घटनामा परेर उपचार गराइरहेका कामतीलाई १० लाख

काठमाण्डौ – दुर्घटनामा परि विराटनगर नर्सिङ होममा उपचारत सिरहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा १० लाख रुपैयाँ जित्नुभएको छ । उहाँ यस योजनाअन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने भाग्यशाली ग्राहक हुनुहुन्छ । 

मङ्सिर ३० गते एपी वान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको एक कार्यक्रममार्फत कामती यो योजनाको पहिलो मासिक विजेताका रुपमा छानिनुभएको हो । बुधबार चर्चित हास्यकलाकार जितु नेपालले कामती उपचारत अस्पतालमै पुगेर १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । 
 
आफ्नो ‘कस्टमर लोयल्टी’ कार्यक्रमअन्तर्गत एनसेलले ‘रिचार्जमा चमत्कार’ योजना गएको मङ्सिर १ गतेदेखि सञ्चालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँछन् । 

अस्पतालमा छोराको उपचार खर्च तिर्नका लागि पैसाको खाँचो परेको बेलामा यो नगद पुरस्कार एक ठूलो आश्चर्य र राहतको रुपमा आएको जितेन्द्र कुमार कामतीका बुवा किशोर कामतीले बताउनुभयो । ‘छोरा केही दिनमा डिस्चार्ज हुने आशामा छौँ । ‘यो पैसाले केही व्यापार पनि गर्ने योजनामा छौँ’, उहाँले भन्नुभयो ।

यो योजनाको पहिलो ६ हप्तासम्ममा ३० जना भाग्यशाली ग्राहकले जनही २ लाख रुपैयाँ जितेका छन् । ती ३० जनामध्ये ९ जना ग्राहकले आ—आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् र २१ जना ग्राहक प्रमाणीकरण प्रक्रियामा रहेका छन् । 

एनसेलका प्रिपेड र पोस्टपेड सेवाका सबै ग्राहकले हप्तामा सय रुपैयाँ वा त्योभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजना सञ्चालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ । 

ग्राहकहरुले सय वा त्योभन्दा बढीको रिचार्जमा प्रत्येक सय रुपैयाँ बराबरको एक विशेष कोड एसएमएसमार्फत प्राप्त गर्छन् । 

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नपर्ने हुन्छ । यस योजनाअन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच जना भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP