Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

प्रहरीको सर्वाधिक खोजीमा रहेका प्रितमद्धारा आत्मसमर्पण

कपिलवस्तु १७ पुस । कपिलवस्तु प्रहरीको  सर्वाधिक खोजीमा रहेका शुद्धोधन गाउपालिकाका  प्रितम पाण्डेले कपिलवस्तु जिल्ला अदालत समक्ष आत्म समर्पण गरेका छन् । तत्कालिन माओवादीका नेता शिवपुजन चौधरीको हत्या अभियोग सहित पाण्डेलाई कपिलवस्तु जिल्ला अदालतले ३ मुद्दामा ११ वर्षभन्दा बढी कैद सजाय तोकेको थियो ।  अन्य ४ हत्या र डाँका चोरी अपराधमा उनको संलग्नता रहेको प्रहरीको प्रतिबेदनमा उल्लेखछ । 

     पाण्डेले आफुमाथि राजनैतिक प्रतिशोध स्वरुप मुद्धा लगाइएको दावि गर्दै आएका छन् । केहि समय यता नेपाली कांग्रेसको राजनीति प्रति लगाव भएपनि लामो  समय देखि  उनी सार्वजनिक भएका थिएनन् । बेला बखत कपिलवस्तुका महत्वपूर्ण  घटनामा क्षेणिक देखा परेपनि  सार्वजनिक रुपमा हिडडुल नगर्ने पाण्डे पछिल्लो समय विरामी अवस्थामा रहेको र भारतीय अस्पत्तालमा उपचार भई रहेको उहाकी पत्नी एवम शुद्धोधन गाउपालिकाका उपाध्यक्ष सुधादेवि पाण्डेले वताउदै आउनु भएको थियो ।

    अदालतले कैद सजायनै तोकेपछि  आत्मसमर्पण पश्चात कानुनी वाटो अपनाउने मानसिकताले उनी बीहिवार (आज) मुद्धाको पेशी परेका वखत अदालत समक्ष आत्म समर्पण गरेका थिए । उनको बयान तथा सुनुवाई हुन नसकेपछि अदालतले प्रहरीको जिम्मा लगाएको थियो । शारिरीक अवस्था कमजोर  र अस्वथ्य देखेपछि प्रहरीले पाण्डेलाई तौलिहवा स्थित अस्पत्तालमा भर्ना गरेर उपचार गराउन शुरु  गरेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP