Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

भाेजपुरबाट विप्लव समूहका जनमुक्ति सेना सदस्य चाइनिज पेस्ताेलसहित पक्राउ

भोजपुर – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक जनमुक्ति सेना सदस्यलाई प्रहरीले चाइनिज पेस्तोलसहित नियन्त्रणमा लिएको छ ।

पार्टीका केही दस्तावेजसहित पेस्तोल लिएर हिँडिरहेका दैलेख जिल्ला दुल्लु नगरपालिका-२ का २७ वर्षीय विरेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुधबार हतुवागढी गाउँपालिका-९, हसनपुरबाट थापालाई पक्राउ गरिएकाे हाे । खानतलासी गर्ने क्रममा इलाका प्रहरी कार्यालय घोरेटारको प्रहरी टोलीले उनको साथबाट ४ राउण्ड गोली, २ थान डायरी र पार्टीका केही दस्तावेज फेला पारेको थियो ।

पक्राउ परेका उनलाई बिहीबार नै जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याएर अनुसन्धान थालिएको डीएसपी नरबहादुर सलामी मगरले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP