Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

बुटवल र नेपालगन्जका कोरोना बिषेश अस्पताल भरिभराउ

नेपालगन्ज २ बैशाख । कोरोना माहामारीले बिकराल स्वरुप ग्रहण गरिसक्दा लुम्बिनी प्रदेशका दुई प्रमुख शहरमा संक्रमितहरुले उपचार नपाउने अवस्था सिर्जना भएको छ । दिनदिनै थपिएको संक्रमितहरुको चापले बुटवल र नेपालगन्जका कोरोना बिषेश अस्पताल भरिभराउ भईसक्दा पनि राज्य उपचारको ब्यवस्थापनमा उदाशिन देखिएको छ ।पछिल्लो एकसाता यता कोरोना सक्रमण तीब्र गतिमा बृद्धि हुँदा नेपालगञ्जको भेरी अस्पतालमा नयाँ विरामी भर्ना गर्नै नसक्ने अवस्थामा पुगेको छ । कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि भेरी अस्पताल थप कोरोना संक्रमितलाई उपचारको लागि आइसोलेशसनमा थेग्न नसक्ने अवस्थामा पुगेको हो ।

आईतबारदेखि एक्कासी लक्षणसहितका कोभिड–१९का विरामीको चाप बढेपछि अस्पतालमा रहेको जनशक्ति तथा अक्सिजन सुबिधा सहितको बेडको अभावमा थप बिरामी भर्ना गर्न असमर्थ हुनु परेको अस्पतालले जनाएको छ ।अस्पतालमा बुधबारसम्म ८० जना विरामी भर्ना भएको र ती मध्ये ८० प्रतिशत विरामी गम्भीर प्रकृतिको भएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।

अस्पतालमा आएका बिरामी भर्ना लिन सक्ने अवस्था नहुँदा स्वास्थ्य कर्मचारीको असुरक्षा बढेको अध्यक्ष धितालले बताए ।कोरोनाले घरघरमा जोखिम बढाईसकेपछि भने नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो पुरानो आइसोलेसन केन्द्रलाई सक्रिय बनाउने भएको छ । १०० जना संक्रमितलाई राख्न सकिने गरि उपमहानगरको आइसोलेसन शुक्रबारबाट संचालनमा आउने उपमहानगरकी उप प्रमुख उमा थापाले बताईन् ।

उता बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना बिषेश अस्पताल पनि गम्भिर प्रकृतिका संक्रमितले भरिभराउ भएको छ । १५ वटा आईसीयू सहित संचालनमा रहेको बिशेष अस्पतालमा १३ वटा बेड संचालनमा रहेको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताए । संचालनमा रहेका सबै बेड प्याक छन्, नयाँ बिरामी आए भर्ना लिन सक्ने अवस्था छैन । प्रवक्ता डा। गौतमले भने ।खबर कुराबाट साभार

अस्पताल परिषरमा रहेको फिभर क्लिनीक पनि भरिभराउ रहेको छ, गम्भिर प्रकृतिका संक्रमितलाई बिशेष अस्पताल धागो कारखाना पठाउने गरिएपनि उता सबै बेड भरिएपछि फिभर क्लिनीकमै संक्रमित भरिएका छन् ।संक्रमितको चाप बढेसंगै अस्पतालले कोरोनाको फाृकलपर्शन तोकेको अस्पतालका डाक्टर सुदर्शन थापाले फोन उठाउन छाडेका छन् ।

अस्पतालको उपचारको अवस्थाका बिषयमा जानकारी लिन पटक पटक फोन गर्दा पनि डा थापाको मोबाईल उठेन ।कोरोनाको दोस्रो लहरले जनस्तरमा भयावहरुप लिईसकेको छ । अस्पतालमा उपचार नपाएपछि घरमै बसेर उपचार गर्नूको बिकल्प नहुँदा फैलन सक्ने जोखिमले समूदायमा कस्तो असर पर्ला ? बेलैमा उपचारको व्यवस्था गर्न नसके पहिलो चरणको ईटालीका दृष्यहरु नेपालमा पनि नदेखिएलान् भन्न सकिन्न ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP