Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

अस्ट्रेलियामा लागेको आगो नियन्त्रणभन्दा बाहिर, ५० करोड वन्यजन्तु मारिए

काठमाण्डौ – अस्ट्रेलियामा गएको तीन महिनादेखि लागेको आगो नियन्त्रणभन्दा बाहिर गएको छ । भिक्टोरिया राज्य अन्तर्गतको पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीका कारण धुँवा, मुस्लो र खरानीले जनजीवन प्रभावित भएको छ । 

आगो नियन्त्रणका लागि सक्दो सहयोग र मद्दत गर्न अपिल गरिएको छ । घना जंगल, झरेका पात, सुकेका रुख तथा तीव्र वेगको हावाका कारण आगो अनियन्त्रित भएको बीबीसीले जनाएको छ । 

डढेलोका कारण ५० करोड वन्यजन्तुहरु मारिएको पर्यावरणविद्हरुले दाबी गरेका छन् । उनीहरुले डढेलोका कारण संरक्षित एवं लोपन्मुख वन्यजन्तुहरु विनाशको अवस्थामा पुगेको पनि बताएका छन् । आगलागीमा परेर २४ जनाको ज्यान गइसकेको छ ।

गएको सेप्टेम्बरदेखि सुरु भएको आगलागीले अहिलेसम्म १ करोड ४० लाख बढी हेक्टर क्षेत्रफल प्रभावित भइसकेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यो आगलागी अझै केही महिना नियन्त्रणमा लिन नसकिने बताउनु भएको छ ।

आगो नियन्त्रणका लागि थप ३ हजार सुरक्षाकर्मी खटिएका पनि उहाँले बताउनु भएको  छ । तटीय क्षेत्रमा भएको आगलागीका कारण हजारौँ नागरिक भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन् । आगलागी भएको क्षेत्रको तापक्रम औसतमा ४० डिग्री सेल्सियस रहेको त्यहाँ अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP