Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

अस्ट्रेलियाको जङ्गलमा लागेको आगो खतरनाक स्थितिमा : झण्डै ५० करोड जनावरकाे जलेर मृत्यु

unn.prixa.net

काठमाण्डौ – अस्ट्रेलियाको न्यु साउथ वेल्सको जङ्गलमा लागेको आगो निकै खतरनाक स्थितिमा पुगेको छ । 

गएको सेप्टेम्बरमा लागेको आगोबाट कम्तीमा २४ जनाले ज्यान गुमाइसकेका छन् भने झण्डै ५० लाख हेक्टरमा लगाइएको अन्नबाली नष्ट भइसकेको छ । 

आगलागी कारण झण्डै ५० करोड जनावर र पशुपंक्षी मरिसकेका छन् । यसैबीच एउटा दर्दनक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा एउटा कङ्गारुको बच्चा जलेर तारमा टाँसिएको अवस्थामा देख्न सकिन्छ । 

आगलागीबाट बच्न भागेको कङ्गारुको बच्चा तारमा फस्न पुग्यो र त्यहाँबाट भाग्न नसक्दा पूरै जलेर खरानी भयो । यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यो तस्बिरले हरकोहीलाई विचलित गर्छ । 

आगो लाग्न सुरु भएको चार महिना बितिसक्दा पनि अस्ट्रेलियाको जङ्गलमा लागेको आगो निभेको छैन । आगलागीका कारण कङ्गारु, स्तनधारी पशुपंक्षी मरेका छन् । 

आगलागीमा फसेका जनावरहरुलाई बचाउन कैयौँ संस्था लागिपरेका छन् । आगलागीका कारण अहिलेसम्म अस्ट्रेलियाको १५ मिलियन एकड क्षेत्रफल जङ्गल खरानी भइसकेको छ । 

अस्ट्रेलिया सरकारले न्यु साउथ वेल्स र भिक्टोरिया प्रान्तको जङ्गलमा लागेको आगोलाई लिएर आपतकालीन स्थिति घोषणा गरेको छ । सडक बन्द गरिएको छ भने स्थानीय र पर्यटकलाई त्यहाँबाट अन्यत्रै पठाइएको छ । 

यो सिजनमा यो तेस्रो पटक आपतकालीन घोषणा हो । अस्ट्रेलियामा यो वर्ष यहाँ सबैभन्दा गर्मी र सुख्खा सिजन हो । यहाँ ५० डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको छ । 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले विरोधको सामना गरिरहेका छन् । एक जना दमकलकर्मीले प्रधानमन्त्रीसँग हात मिलाउन पनि मानेनन् । 

यसैबीच प्रधानमन्त्रीको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा प्रधानमन्त्री दमकलकर्मीसँग हात मिलाउन अघि बढ्छन् र दमकलकर्मी भने माफी माग्दै अन्यत्रै लाग्छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP