Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

ईरानकाे बदला : अमेरिकी सैनिक अड्डामा दर्जनाैँ मिसाइल प्रहार

unn.prixa.net

काठमाण्डौ – अमेरिकाले गरेको हवाई आक्रमणमा ईरानका सैन्य प्रमुखक कासिम सुलेमानी मारिएपछि अमेरिका–ईरान तनाव उत्कर्षमा पुगेको छ । 

अमेरिकी आक्रमणको गतिलो जवाफ दिँदै ईरानले इराकमा रहेको दुई वटा अमेरिकी सुरक्षा अड्डामा दर्जनभन्दा बढी मिसाइल प्रहार गरेको सञ्चारमाध्यमले जनाएका छन् ।  याे पनि पढ्नुस्

अमेरिकाले सुलेमानीलाई कसरी ड्राेनकाे निशाना बनायो ?
ईरानले भन्यो– परमाणु सम्झौता मान्दैनौँ
अमेरिकी सेनालाई फिर्ता पठाउने प्रस्ताव इराकी संसदबाट पारित

अमेरिकी रक्षा मन्त्रालयले भनेको छ,  ‘इराकको इरबिल र अल–अशद शहरमा रहेको दुई वटा अमेरिकी सुरक्षा अड्डामा एक दर्जनभन्दा बढी मिसाइल प्रहार भएको छ ।’ यो आक्रमणमा अहिलेसम्म कुनै हताहत भएको वा नभएको सम्बन्धमा स्पष्ट भइसकेको छैन । 

ईरानकाे सरकारी टीभीमा देखाइएकाे मिसाइल आक्रमणकाे फुटेज

ईरानकाे सरकारी टीभीमा देखाइएकाे मिसाइल आक्रमणकाे फुटेज

अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसका प्रवक्ता स्टेफनी ग्रिशमले एक बयानमा भने, ‘इराकमा रहेको अमेरिकी सैनिक अड्डामा आक्रमण भएको अबर प्राप्त भएको छ । राष्ट्रपतिले स्थितिको बारेमा भनिएको छ । हामी यो स्थितिलाई निगरानी गरिरहेका छौँ र राष्ट्रिय सुरक्षा टिमसँग सल्लाह गरिरहेका छौँ ।’ 

ईरानको सरकारी न्युज एजेन्सी इरनामा जारी गरिएको एक बयानमा रिभोल्युशनरी गार्डले भनेको छ, ‘हामी अमेरिका र उसका सहयोगीलाई चेतावनी दिँदै भन्छौँ– ईरानविरुद्ध कहीँ कतैबाट आक्रमण हुन्छ भने हामी त्यसलाई निसाना बनाउँछौँ ।’सम्बन्धित समाचार

सैन्य कमाण्डर हत्या गर्ने अमेरिकासँग बदला लिने इरानको चेतावनी
ईरानकाे ५२ ठाउँलाई निसाना बनाइएकाे छ, जुनसुकै बेला आक्रमण गर्न सक्छाैँ : डाेनाल्ड ट्रम्प
अमेरिका–ईरान तनाव : ‘तेस्रो विश्वयुद्धको कालो बादल मडारिन थाल्याे!’

पहिला अल–अशदमा रहेको अमेरिकी सैनिक अड्डामा आक्रमण भएको थियो, त्यसपछि इरबिलमा आक्रमण भएको हो ।

ईरानी सरकारी सञ्चारमाध्यमहरुले यो आक्रमण सुलेमानीको हत्याको बदला लिन गरिएको बताएका छन् । गएको शुक्रबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बगदादमा ड्रोन आक्रमणमार्फत् सुलेमानीको हत्या गरिएको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP