Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

थारु समुदाय लगायत संस्कृतिलाई अगाडि बढाउन सबै एकजुट हुनुपर्छ ; नगर उप-प्रमुख थारु ।।

थारु समुदाय लगायत संस्कृतिलाई अगाडि बढाउन सबै एकजुट हुनुपर्छ नगर उप(प्रमुख थारु ।।

राम अवतार चौधरी
कपिलवस्तु, २९ पुस ।

शिवराज नगरपालिकासँगै जोडिएको थारु समुदायलाई अगाडि बढाउन सबै एकजुट हुनुपर्छ नगर उप(प्रमुख शिवकुमारी थारुले बताउनु भएको छ । भगवानपुर गाउँ समाज समितिको आयोजनामा सोमबार देखि सुरु भएको महोत्सवमा थारुले यस्तो बताउनु भएको हो ।

थारु समुदायको हकहित र अधिकार लगायतको समग्र विकासका लागि थारु संस्कृति देशको गहना भएकाले संरक्षण, सम्बर्द्धन, र प्रबर्द्धन गर्नको लागि सबै नेपाली एकजट भइ लाग्नु पर्ने बताउनुभएको छ । महोत्सवमा थारु संग्रहालयको रूपमा राखिएका थारु पुर्खाैली सामाग्रीलाई नाम सहित राखिएकोमा खुसी व्यक्त गर्नेुभयो ।

नेपाल भ्रमण बर्ष २०२० चल्दै गर्दा थारु समुदायको भेषभुषा, अहिरन पहिरन, लवाई खवाई र गर(गहना लगायतको संस्कृतिले स्वादेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षण गर्ने गरेको उहाँले बताउनुभयो । अब भने थारु पर्खाैली सामाग्रीलाई यसरी मेलामा देखावटीको रुपमा मात्रै नभएर थारु इतिहास नै रचने गरि कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.१ उमरी डाँडामा थारु संग्रहालय यहि बर्ष बन्ने भवनमा न‌ै थारुपन झल्किने विश्वास व्यक्त गर्नुभयो ।

र उहाँले भन्नुभयो माघी पर्वको अवसरमा थारु समुदायले यस्ता कार्यक्रम आयोजना गरेकाले समुदायमा एकजुट हुने उल्लेखनीय भूमिका खेल्नुका साथै हाम्रो समुदायमा रहेका पुराना गर(गहना लगायत पोशाकलाई समेत शोभायमान र थारुहरूको पहिचान झल्काउन सजावत एवम् संरक्षण गर्न उमरी गुफाको परिसरमा बन्ने थारु म्युजियमलाई नमुनमय बनाउनको लागि सो सामाग्रीलाई सुरक्षित राख्न आग्राह समेत उप(प्रमुख थारुले गर्नुभयो ।

“हम्मन संस्कृति हम्मनके सान, धर्तिपुत्र थारु हमरे बचाई अपन पहिचान“ भन्ने मुल नारा सहित यहि पुस २८ गते देखि सञ्चालन भएको महोत्सव माघ १ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

उक्त महोत्सवमा रमेश थारुको संयोकत्व, शिवराज नगर उप(प्रमुख शिवकुमारी थारुको प्रमुख आतिथ्यता, थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य सुमित्रा थारु, जंजिर प्रसाद थारु, थाकस कपिलवस्तु जिल्ला सभापति उमाशंकर थारु, थाकस शिवराज नगर अध्यक्ष इन्द्रबहादुर थारु, चन्दौटा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल लगायतको आतिथ्यता, स्थानीयहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP