Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

थारु समुदाय लगायत संस्कृतिलाई अगाडि बढाउन सबै एकजुट हुनुपर्छ ; नगर उप-प्रमुख थारु ।।

थारु समुदाय लगायत संस्कृतिलाई अगाडि बढाउन सबै एकजुट हुनुपर्छ नगर उप(प्रमुख थारु ।।

राम अवतार चौधरी
कपिलवस्तु, २९ पुस ।

शिवराज नगरपालिकासँगै जोडिएको थारु समुदायलाई अगाडि बढाउन सबै एकजुट हुनुपर्छ नगर उप(प्रमुख शिवकुमारी थारुले बताउनु भएको छ । भगवानपुर गाउँ समाज समितिको आयोजनामा सोमबार देखि सुरु भएको महोत्सवमा थारुले यस्तो बताउनु भएको हो ।

थारु समुदायको हकहित र अधिकार लगायतको समग्र विकासका लागि थारु संस्कृति देशको गहना भएकाले संरक्षण, सम्बर्द्धन, र प्रबर्द्धन गर्नको लागि सबै नेपाली एकजट भइ लाग्नु पर्ने बताउनुभएको छ । महोत्सवमा थारु संग्रहालयको रूपमा राखिएका थारु पुर्खाैली सामाग्रीलाई नाम सहित राखिएकोमा खुसी व्यक्त गर्नेुभयो ।

नेपाल भ्रमण बर्ष २०२० चल्दै गर्दा थारु समुदायको भेषभुषा, अहिरन पहिरन, लवाई खवाई र गर(गहना लगायतको संस्कृतिले स्वादेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षण गर्ने गरेको उहाँले बताउनुभयो । अब भने थारु पर्खाैली सामाग्रीलाई यसरी मेलामा देखावटीको रुपमा मात्रै नभएर थारु इतिहास नै रचने गरि कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.१ उमरी डाँडामा थारु संग्रहालय यहि बर्ष बन्ने भवनमा न‌ै थारुपन झल्किने विश्वास व्यक्त गर्नुभयो ।

र उहाँले भन्नुभयो माघी पर्वको अवसरमा थारु समुदायले यस्ता कार्यक्रम आयोजना गरेकाले समुदायमा एकजुट हुने उल्लेखनीय भूमिका खेल्नुका साथै हाम्रो समुदायमा रहेका पुराना गर(गहना लगायत पोशाकलाई समेत शोभायमान र थारुहरूको पहिचान झल्काउन सजावत एवम् संरक्षण गर्न उमरी गुफाको परिसरमा बन्ने थारु म्युजियमलाई नमुनमय बनाउनको लागि सो सामाग्रीलाई सुरक्षित राख्न आग्राह समेत उप(प्रमुख थारुले गर्नुभयो ।

“हम्मन संस्कृति हम्मनके सान, धर्तिपुत्र थारु हमरे बचाई अपन पहिचान“ भन्ने मुल नारा सहित यहि पुस २८ गते देखि सञ्चालन भएको महोत्सव माघ १ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

उक्त महोत्सवमा रमेश थारुको संयोकत्व, शिवराज नगर उप(प्रमुख शिवकुमारी थारुको प्रमुख आतिथ्यता, थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य सुमित्रा थारु, जंजिर प्रसाद थारु, थाकस कपिलवस्तु जिल्ला सभापति उमाशंकर थारु, थाकस शिवराज नगर अध्यक्ष इन्द्रबहादुर थारु, चन्दौटा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल लगायतको आतिथ्यता, स्थानीयहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP