Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

प्रथम माघी (खीचडी) महोत्सव दोस्रो दिन दर्शकको घुइचाे ।।

सीता बेल्बासे ,कपिलबस्तु माघ ६ –

प्रथम माघी (खीचडी) महोत्सव आज सोमबार दोस्रो दिन उत्साहजनक दर्शकको सभागीता रहेको छ । थारु समुदायको सस्कृती बचाई राख्न थारु समुदायका रितिरिवाज मौलिकताको जर्गन गर्नुको साथै अलग–अलग छरिएर रहेका समुदायलाई एक्यवद्धता गराउन, स्थानीय धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार र कार्यक्रमको माध्यमबाट रुढीबादी, सामाजिक विसंगति जस्ता कु–प्रथा हटाई जनचेतना फैलाउने थारु सस्कृति लाई बचाई राख्न सबैको आवश्यक रहेको लगायतका उद्देश्य सहित सो महोत्सव आयोजना गरिएको महोत्सव संयोजक इन्द्रबहादुर थारुले बताए ।

महोत्सवको मुख्य आकर्षण घरेलु उत्पादन विधि तथा हस्तकला, चित्रकला बस्तुकलाको संरक्षण एवम् सम्बर्द्धन साथै बजारीकरण, थारु जातिको कला, संस्कृति क्षेत्रमा अभिनय गरि आत्मबल बढनुको साथै नयाँ प्रतिभाहरूको उत्पादन, लोप हुँदै गइरहेको भेषभुषा प्रदर्शन, थारु पुर्खाैली सामाग्रीको प्रदर्शन, थारु समुदायको झुमरा, झररा, मयूर, लाठी, सजनी बिरहनी जस्ता नृत्य प्रदर्शनमा रहने छ ।

यस्तै महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकार अञ्जु कुस्मी, राज कुस्मी, प्रमिला चौधरी,हरिनारायण थारु, खेम चौधरी, सुनिता दहित,लगायत कलाकारले कार्यक्रमलाई रोचक बनाएको साँस्कृतिक संयोजक उत्तम चौधरीले जानकारी दिनु भयो ।
त्यसै गरी भोलि पनि सरगम चौधरी, सुनिता दहित,सत्यनारायण फटेरा, रितु चौधरी, सिमान्त चौधरी, श्याम सिटी, रञ्जित थारु, उत्तम चौधरी, विशाल थारु, विष्णु थारु, जया चौधरी, शारदा थारु, आर एन चौधरी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने साँस्कृतिक संयोजक उत्तम चौधरीले जानकारी दिए ।
साथै प्रथम माघी (खीचडी) महोत्सवमा थारु आईडन पनि सन्चालन भएको छ । जसमा न्यु साथि युवा क्लव चन्दपुर,आर्दश युवा क्लव मदरहवा,न्यु लुम्बिनि वाल क्लव उदयटोल,बाणगंगा नगरपालिका ११ हयौसा गाँउ समाज, न्यु प्रगति वाल क्लव चैनपुर, ज्ञानज्योति युवा क्लव उमरी,शान्ति सृजना युवा क्लव रहटकोल,देविस्थान असल शासन युवा क्लव बलुहवाको सहभागि रहेको आइडल महादेव थारुले बताउनु भयो । माघी (खीचडी) महोत्सव माघ ५गते देखि सुरु भई माघ ७ गते सम्म सन्चालन हुने महोत्सव संयोजकले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP