Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

नेपालको रेल, भारतको ड्राइभर

काठमाडौं । जनकपुर–जयनगर–कुर्था रुटमा चल्ने रेलमा २६ जनासम्म विदेशी कामदार नियुक्त गर्न सकिने भएको छ । सरकारले सरकारी रेल्वे कम्पनीलाई आवश्यक दक्ष श्रमिक नेपालबाट भर्ति गर्न नसके विदेशबाट झिकाएर रेल चलाउन सक्ने गरी अनुमति दिएको छ ।

सरकारले रेल सेवा सञ्चालनका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिइसकेको छ । हाल निष्क्रिय रहेको रेल्वे कम्पनीलाई जनशक्ति थपेर ब्यूँताइँदैछ । यसका लागि करिब २ सय कर्मचारीको दरबन्दी थप गरिँदैछ .

यसअघि पनि जनकपुर–जयनगर रेल नेपाल रेल्वे कम्पनीले नै चलाउँथ्यो । नेपालमा सन् १९७२ मा नेपाल रेल्वे कम्पनी स्थापना भएको थियो । सन् २०१४ देखि यो कम्पनी सक्रिय छैन ।

रेलमार्गको मर्मत र कम्पनीमा कर्मचारीको दरबन्दी स्वीकृत भएर भर्ना प्रक्रिया टुंग्याएपछि रेल ल्याएर चलाउन थालिने विभागले बताएको छ । नेपालीसँग रेल चलाउने खासै अनुभव नभएकाले प्राविधिक जनशक्ति भारतबाट ल्याउनुपर्ने भएको हो । विभागले अप्राविधिक कर्मचारी नेपालमै भर्ती गर्ने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

कम्पनीको कर्मचारी विनियमावली पनि बनिसकेको छ । हाल करिब १५ जना मात्रै कर्मचारी रहेको कम्पनीमा अहिले रेल्वे इन्जिनियरसहित मेकानिकल इन्जिनियर, रेल चलाउने ड्राइभर, स्टेशन म्यानेजर, टिकट काट्ने, र जाँच्ने लगायतको कर्मचारीको दरबन्दी सिर्जना गरिएको छ ।

‘केही समय भारतबाट आउने जनशक्तिले हाम्रा जनशक्तिलाई प्रशिक्षित गर्छन्,’ विभागका महानिर्देशक मिश्रा भन्छन्, ‘पछि हाम्रो मात्रै प्राविधिकहरु राखेर रेल चलाउन सक्छौं ।’

ब्रोडगेजमा चल्ने रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार तयारी गर्नै पर्ने तर्क अधिकारीहरुको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP